IMG-LOGO

यौन शिक्षा र कानुन पढाउ

 मंगल, चैत ३, २०८२  --

       दक्षिण एशियाली मुलुक मध्ये नेपाल र भारतमा धेरै छोरी बुहारी बलत्कृत हुन्छन् । बलात्कार पछि उनीहरुको हत्या गरिन्छ । अहिले पनि  बलात्कारका घटना १० प्रतिशत मात्रै बाहिर आउँछन् । बलात्कार जस्तो जघन्य अपराधका घटना गुपचुप मै भित्र मिलाइन्छ बाहिर आएका घटना त यति छन् भने भित्र कति होला ? अनुमान गर्दा नै आङ्ग सिरिङ्ग गर्छ । बलात्कार समाजको कुरूप चित्र हो । बलत्कारीलाई कार्वाही नगर्ने, उ यही समाजमा ठमठमी हिड्ने र हाम्रो समाजमा बस्ने हो भने यो हाम्रो समाज कस्तो हो ? बलात्कार जस्तो जघन्य अपराध अर्को केही छैन । हामी माग गर्दै भन्छौं ।        बलत्कारी र भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ । बलात्कारका घटनामा बलत्कारीले वकिल पनि राख्न पाउनु हँुदैन । समाजमा पैसा कै लागि बलत्कारीका पक्षमा वकालत गर्ने वकिल पनि छन् । बलात्कारका घटनाको मुद्दा सरकारवादी भए पनि सरकारी वकिलले नै बलत्कारीसँग मिलेर मुद्दा ढिसमिस बनाएका धेरै घटना छन् । बलात्कार जघन्य अपराध हो यसको समग्र अन्त्यको लागि एउटै उपाय शिक्षा नै हो । शिक्षाले मात्रै यस्ता अपराध न्युन हुन सक्छन् । अपराधीलाई कडा कानुनी कार्वाहीबाट पनि यस्ता घटना दोहोरिन कम हुन्छ ।        हाम्रो देशमा यौन शिक्षामा जोड दिनुपर्ने देखिन्छ । युरोप र उत्तर दक्षिणी अमेरिकी  मुलुकमा १८ औ र १९ औ शताब्दीमा नै यसबारेमा यौन शिक्षा र कानुन पढाई भएको पाइन्छ । त्यसैले हामीले पनि सभ्य समाज निर्माणका लागि विद्यार्थीलाई उमेर अनुसारको यौन शिक्षा र कानुन पढाउनु पर्छ । तबमात्र हामी बुझ्झकी हुन्छौ अनि मात्र हामीले कंचनपुरकी निर्मला पन्त देखि हालै सुर्खेतमा बलात्कार पछि हत्या गरिएकी इनिशा बिक को जस्ता जघन्य घटना सुन्न पर्दैन । छोरी बुहारी पनि सुरक्षित हुन्छन् । विद्यालय देखि युनिभर्सिटीसम्म यौन शिक्षा र कानुनी शिक्षा अनिवार्य गर, सभ्य र शिक्षीत समाज गरौं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्