IMG-LOGO

रास्वपाको जनलहर

 मंगल, फागुन २६, २०८२  --

          राष्ट्रिय स्वतन्त्र पार्टीले यो मध्यावधि चुनावमा झण्डै दुई तिहाइले जीत हाँसिल गरेको छ । पार्टी गठन भएको तीन वर्षको अवधिमा फेसबुक र टिकटक माध्यमबाट बालेन “क्रेज” प्रयोग गरेर यो अवस्थामा पुगेको हो । रास्वपाको नामले होइन घण्टी चुनाव चिन्हले मतदातालाई प्रभावमा पा¥यो । रुख सूर्य र तारा चिन्ह प्रति पुरा वितृष्णा फैलाइयो । नयाँका नाममा अनेकौं भ्रम छरियो त्यसलाई चिर्न राजनीतिक दलले सकेनन्, त्यसैले दशक लामो इतिहास भएका कांग्रेस, एमाले र नेकपा पार्टीहरुले आप्mनो विरासत जोगाउन सकेनन् ।           नेपाली जनताले भारी जनमत त दिए तर त्यो कायम राख्न कम्ता चुनौती छैन । राष्ट्रिय स्वतन्त्र पार्टी  पार्टी बन्न नै सकेको छैन । पार्टीको आधार नै विभिन्न पार्टीबाट आएका नेताकार्यकर्ता नै यो पार्टीको गठन र काठमाडौंका मेयर बालेन साहको लोकप्रियता नै रास्वपाको पुँजी हो । सामाजिक संजालको माध्यमले संगठन गर्ने यो पार्टीको चरित्र नै अस्पष्ट छ । आउँदा दिन पार्टी जोगाउन, जनताको आशालाई यथार्थमा परिणत गर्न र चुनावमा आफैंले गरेका करारनामा फलामको चिउरा सरह हुनेछ ।           नेपाली जनतामा अझै चेत छैन । कांग्रेसका स्वर्गीय नेता गणेशमानसिंहको शब्दमा भन्दा जनताले कुन नेता असल भन्ने थाहा नपाएका भेडा जस्तै हुन भनेको यत्तिका वर्ष भइसक्दा पनि जनताको चेतना स्तर कुन तहमा रहेछ अहिले आएर स्पष्ट भएको छ । सबै पुराना पार्टीलाई एउटै डालोमा राख्ने र उम्मेदवारहरुलाई चिन्न नसक्ने रोग अशिक्षाको कारण हो । मान्छे पढेर मात्रै शिक्षित हुँदैन । सहि र गलत छुट्याउन नसक्नु अशिक्षा नै हो । कुनै पनि चिज, विषयवस्तु को अध्ययन गर्नु भित्र पस्नु र पछि त्यसको रहस्य बाहिर ल्याउनु वा थाहा पाउनु ज्ञान हो । त्यही ज्ञानलाई आप्mनो मार्ग निर्देशन बनाउनु जिन्दगी जिउँनु हो तर त्यो शिक्षा र चेतना नेपाली मतदातामा देखिएन । जे होस नेपाली जनताले रास्वपालाई भोट दिएका छन् । जेन–जी बिद्रोहका माग सम्बोधन गरोस् । ५ वर्ष ढुक्कले एकलौटी सरकार चलाओस । हाम्रो शुभकामना छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्