IMG-LOGO

उम्मेद्वारको हर्कत

 मंगल, फागुन १२, २०८२  --

     पाँचवटा आम चुनाव र ३ वटा स्थानीय चुनाव देखेको र लेख्दै आएको हामी काभ्रे टाइम्सलाई यो पल्टको चुनावी प्रचारप्रसार शैली देखेर उदेक लागेको छ । उम्मेदवारका हर्कत हेर्दा हद भएको छ । जे भन्दा चुनाव जितिन्छ त्यही बोल्दै हिड्ने, कोही कोहीले त घर दैलोमा जांदा नौटंकी गर्दै हिँडेका, देख्दा आफैंलाई लाज लागिरहेको छ । यसरी चुनाव जित्न जे पनि बोल्ने र गर्ने प्रवृति बढको देखेर आगामी चुनावहरु झन् कति फोहोरी हुने होलान् ।      यो चुनावमा ऋषि धमला अन्टसन्ट प्रश्न गरेर टेलिभिजनमा चिच्याउँथे उनले मधेसमा प्रभु साहको पार्टीमा लागेर उम्मेदवार दिए तराई पुगेर उखु बोके, साइकल चढे, जेरी पकाए, रतौलीमा नाचे, त्यहाँका जनतासँग रोएर नौटन्की गरे । उनलाई माथ गर्ने एमालेका उम्मेदवार सूर्य थापा प्युठानबाट निस्किए । उनीले डकर्मी बनेर गारो लगाए । रोटी बेले, साग केलाए, आइमाईसङ्ग छमछमी नाचे, गाला मात्रै होइन टाउकै पुरिएर माला लगाएर सामाजिक संजालमा भाइरल भएका छन् । यि दुई पात्र त उदाहरण मात्रै हुन् अरु उम्मेदवारका यस्ता हर्कत कति कति । त्यसैले पनि यो चुनाव बेग्लै छ । यसको दीर्घकालीन असर रहन्छ ।      मतदाताले पनि चुनावको स्वच्छ प्रचार गर्नु त कताकता चुनावी आचारसंहिता विपरित सामाजिक संजालमा अनेकौं पोस्ट गरेका छन् । विचारविहिनहरुले जे पायो त्यही बोल्ने र अत्यन्तै व्यक्तिगत गाली गलौजमा उत्रनु शोभनीय होइन । कांग्रेसको झन्डामा पिसाब गर्ने, एमालेको झन्डामा आगो बाल्ने, नेकपाको चुनाव चिन्ह च्यात्ने र बिरेन्द्रको शालिक माथि फोहोर चिज राख्ने, आप्mना चेलीबेटीले सुन्नै नसक्ने अस्लिल कुरा संजालमा जथाभावी छाडा बोल्ने जस्ता उग्रताले सिमा पार गरेको छ । जस्ले यस्तो कार्य गर्छ र उ जुनसुकै पार्टी समर्थक भएपनि सामाजिक चेतावनी सहित यदी नसुध्रीए सामाजिक बहिष्कार समेत गर्नुपर्छ । यस्ताले गर्दा समाज भाँडिन्छ । सबै सचेत हुन जरुरी छ ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्