IMG-LOGO

पूर्व राजाको हुटहुटी

 मंगल, फागुन ५, २०८२  --

               पूर्व राजा ज्ञानेन्द्र शाहलाई भिडमा हात हल्लाउने रहर छ । राजगद्दीबाट बहिरगमन भएको दुई दशक पुग्न लाग्दा पनि सत्ता मोहको तृष्णा उस्तै छ । दाजु वीरेन्द्रको वंश विनाश पछि अपुतालीमा राजा हुन् पाएका ज्ञानेन्द्र शाह शासन गर्न नसकेर राज्य चुत्य मात्रै भएनन् राजतन्त्र गए र उनी नेपालका अन्तिम राजा बने । विश्वमा खुल्ला परिस्थिति आएका बेला उनीले २०६१ माघ १९ गते राजनीतिक दलहरुलाई अघोषित प्रतिबन्ध लगाएर शासन सत्ता हातमा लिएका थिए ।                बेला बेला वक्तव्य दिने, कहिले झापा त कहिले पोखराबाट राजधानी फर्कदा आफ्ना समर्थकलाई जय जय कार गर्न लगाउने ज्ञानेन्द्रलाई राजनीतिक दलका नेता जस्तै भिडमा हात हल्लाउने रहर भएको गत शुक्रबार पनि देखियो । पूर्व राजाको रहरलाई विवादास्पद मेडिकल ब्यबसायी दुर्गा प्रसाइले पुरा गरिदिए । चुनावी माहोलमा बालेन क्रेजका अगाडि ज्ञानेन्द्रलाई गरिएको जयजयकार फिक्का देखियो । लाज नि लजाउने यस्ता काम गर्न उक्कसाउने ज्ञानेन्द्रका सल्लाहकारलाई मान्नै पर्छ । राजगद्दी हुँदा शासन गर्न नज्जान्ने, राजतन्त्र गएपछि फर्काउन सकिन्छ भन्ने सोच राख्नु  ज्ञानेन्द्र अझै मूर्ख बन्नु हो ।                हरेक परिवर्तनहरु अग्रगामी हुन्छन् । भदौ २३÷२४ को जेन्जी विद्रोह पछि सेनाले ल्याउन  नसकेको राजतन्त्र अब कल्पना पनि नगरे हुन्छ । सामन्तवाद र शोषक,सामन्तीको नायक राजतन्त्रको युग यो होइन । त्यसैले राजतन्त्र ल्याउछु भन्ने कुनै चेष्टा नगरे हुन्छ । बुद्धिमान, सम्मानित पूर्व राजा भएर बाँच्ने हो भने यो उमेरमा राजतन्त्रको नालिबेली समेटिएको आत्मकथा लेखे हुन्छ । छोरा पारस त्यस्तै हो नाती हृदयन्द्रलाई सवल सक्षम बनाउन ध्यान दिदा हुन्छ । पूर्व राजाले राजतन्त्र फर्काउने हुटहुटी नपाल्दा बेस होला ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्