IMG-LOGO

चण्डेश्वरी, जलेश्वरी, चप्लेटी, गोसाइकुण्ड, पर्यटकीय स्थल र विहानी हिडाइको बढ्दो आकर्षण

 मंगल, कार्तिक ११, २०८३  हर्षनारायण चण्डेश्वरी

    बनेपा शहरबाट हिँद्दै गर्दा लगभग साँढे ती कि.मी. मा बनेपा छोडि शिर मेमोरियल अस्पताल घोकेचोर (आँचाख्यो) चण्डेश्वरी, जलेश्वर त्यसपछि ओपी गाउँ अन्तमा चप्लेटी पुगिन्छ । चप्लेटी काभ्रे जिल्लाको बनेपा नगरपालिका अनि छिमेकी धुलिखेल नगरपालिकाको साँध सिमाना (चप्लेटी) पर्दछ । यहा पछि पूर्व तर्फ रविगाउँ पर्छ । चप्लेटी हाम्रो बनेपाको एक विहान हिड्ने गन्तब्य स्थान भएको छ । बनेपाबाट धेरै टाढा नभई अति नजिक पनि होइन त्यसैले बनेपाली विहान हिडाईमा रमाउने, स्वस्थ जीवन रहन मन गर्ने व्यक्तिहरु प्राय आफ्नो विहानको समयलाई चप्लेटी पुगी विहान विताउने गर्छन् । विहान सबेरै भोरमै ओछान छोड्ने, घाम नआउँन्दै चप्लेटी पुग्ने फुर्सतीला विहान हिड्न मन पराउनेहरु धेरै नै हुन्छन् । चप्लेटीमा विहान पुगि केहि व्यायामका साधनहरुमा चल्न मन पर्नेहरुका लागि चाहिने केहि उपकरणहरु पनि व्यवस्थामा छन् । विहान बनेपाबाट हिड्ने कोहि चण्डेश्वरी माई दर्शनमा फर्कन्छन्, कोहि जलेश्वरी महादेव दर्शनमा फर्कन्छन् कोही जलेश्वरीमा दैनिक नुहाउने, जलेश्वरीमा दैनिक पानीले सफा गरी फर्कने र जलेश्वरीमा पुरै प्राङ्गण बाटोमा झरेका रुखका पात पतिङ्गर बढारी सफा गर्ने काममा बुद्ध मानन्धरलाई भाद्र महिनामा यस जलेश्वरी महादेव स्थानमा दैनिक पुग्नेहरुले वार्षिक क्षमा पुजामा सम्मान पानि गरियो । चप्लेटीका टिका टिप्पनीमा यस स्थानबाट पूर्व तर्फका डाँडाहरु वनपाखाहरुको दृष्यावलोकन हुन्छ । मौसम सफा भई खुलेको विहान पूर्व तर्फका हिमालयका विहानी मुस्कानहरु देख्न पाउँन्दा र विहानको सूर्य उदाएको दृष्य आदि अति मन मोहकका हुन्छन् । जो कोहिको मन फुरुङ्ग फुलेका हुन्छन् ।      यस चप्लेटीमा विहान पूगि रमाउनेहरुमा प्रेमज्योती शाक्य समूहमा ३ जनादेखि १०÷१२ जना सम्म पनि कहिले कहि हुन आउँछन् । खासमा प्रेमज्योती विठल, गोपाल वैदार नियमितमा देखिन्छन् । वहाँहरु विहान चण्डेश्वरीमा प्राय गरी ५÷१५ मा आइपुगेका हुन्छन् । त्यस्तै अर्को समूहमा सम्भू मुस्याजु, सिताराम पलाञ्चोके, यादव भोछिभोया र म आफै नियमितमा रमेश तौजले र समनज्योती शाक्य पनि फूर्सनमा पुगेका हुन्छन् । सम्भू भने, जसले जय सम्भू भनेता पनि ठूलो आवाजमा तथास्तु भनि प्रतिउतर आस्वान दिने गर्नुहुन्छ । यो समूह चप्लेटी भन्दा केहि फरकमा चप्लेटी माथि ककरे डाँडा पुग्ने गरिन्छ । हाल अस्थायी रुपमा ककरे डाँडामा अर्को एक समूह पनि देखा परेका छन् । जसको नेतृत्व सर्वज्ञ कायष्ठको भन्दा फरक नपर्ला । यी समूहको लोगो चिन्ह द्यबिअप बलम ध्जष्तभ जाकेट हो । त्यस्तै अर्को समूह छन् गोसाइ कुँण्ड दैनिक स्थान समूह । उनीहरु प्राय चण्डेश्वरी वन माथिको धुलिखेलको बाटोबाट मर्निङ वाक गरेको देखिन्छ ।     खासमा विहानको हिडाई लोगो अंकित जर्सि लगाइ बनेपा चप्लेटी सम्म दैनिक मर्निङ्ग वाकमा छन् । यो समूह वैद्यनिक रुपमा जिल्लामा दर्ता भई, योजना वहर वार्षिक कार्यक्रममा छन् । नेपाल भाषा वर्षको सुरुमा म्हपूजाको दिन विहान चप्लेटी केहि वर्ष देखि निरन्तर भिन्तुना कार्यक्रम, हिउँदमा विभिन्न हाइकिङ स्वास्थ्य कार्यक्रममा अग्रस्तरमा छन् । हाइकिङ्गमा शिवपुरी डाँडा, चन्द्रगिरी डाँडा, नगरकोट, लाँकुरी भन्ज्याङ, फूलचोकी, बाघद्वार, जामाचो, नारायण स्थान, बर्षै पिच्छे आसापुरी डोलेश्वर, भालेश्वर, रोसी, मणिच्पुङ, कागेश्वरी आदि स्थानमा भएका छन् । असार १५ गते दही चिउरा श्रावण १५ गते खीर खाने कार्यक्रम चप्लेटी गर्दै हुन्दै आएका छन् । यसभन्दा फरकका कार्यक्रमहरुमा बनेपा देखि चप्लेटी सम्मका स्थानहरुमा सरसफाइ कार्यक्रम वेलावेला हुँदै आएका पनि छन् ।      यस चप्लेटी समूहबाट धुलिखेल हस्पितल, बनेपा शिर मेमोरियल अस्पताल अन्य संघ संस्थाहरुसँग समन्वय गरी स्वास्थ्य सम्बन्धी कार्यक्रम चण्डेश्वरीमा सरस्वती विद्यालयमा कायष्ठ बैक्वीटमा कार्यक्रम गरेका छन् । यस समूहका अध्यक्ष संजय मानन्धर विगत २ वर्ष पहिले तराईको स्थान र अन्य पस्चिम जिल्लाहरुमा जागिरको सिलसिलामा सर्लाइमा मोटर दुर्घटना परि कार्यक्रममा केहि समय ढिलाइ भएका थिए । हाल सम्म सम्पन्न हुन लागिरहेका बनेपा नगरपालिकाको १ देखि १४ वडा सम्मका सम्पदा संस्कृतिको अध्ययन किताब तयारीमा रहेको छ । यस समूहमा विना स्वार्थमा संजय दम्पती लगायत अरु यूवा वर्ग त्यस्तै युवतीहरुको साथ सहयोगमा विगत देखि हाल सम्म जेजति स्वास्थ सम्बन्धी प्रगतिका कार्यक्रमहरु भए । अझ भविष्यमा अन्य स्वास्थ्य सम्बन्धी चोटिला, गहकिला कार्यक्रम गर्ने नै छन् । यस लेखमा यस चप्लेटी समूहका सबै हितेषि कार्य दक्षता व्यक्तिहरुको नाम भने उलेख गर्ने आवश्यक भएता पनि अपुर्ण भएको नठानी दिनहुन आग्रहमा अहिलेलाई यति मात्र ।  (लेखाइमा गल्ती भए क्षमा)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्