१) मै पनि कांग्रेस हुन्थें होला यदी कांग्रेसले सबैभन्दा अगाडि र सबैभन्दा अवसर पाएकालाई टिकट वितरण र समानुपातिकमा प्राथमिकता नदिएको भए । २) मै पनि कांग्रेस हुन्थें होला कांग्रेसले आफ्नो यस्तो लहलहाउँदो रुखलाई छाडेर अर्कै पार्टीको अर्कै चिन्हमा भोट हाल भनेर उर्दी जारी नगरेको भए । ३) सरकार ढल्छ, अहिले ढल्छ, दशैंमा ढल्छ, तिहारमा ढल्छ भनेको सुन्छु । ढल्न चाहिँ ढल्छ तर पटकपटक सरकार ढल्छ भनिरहने मान्छे चाहिँ आफैं ढल्छ । सरकार नढलेको देखेर ऊ आफैं ढल्छ । ४) यो पाँच वर्ष यो सरकारले काम गर्न सकेन भने रास्वपाको सदस्यता च्यात्नुहोला । ५) लोकतन्त्रप्रतिको प्रतिवद्धताबाट हामी दायाँवायाँ हुँदैनौं । ६) पार्टीको गतिविधि, काम सभापतिले हेर्ने, सरकारको काम प्रधानमन्त्रीले हेर्ने भनेर हामीले काम बाँडेका छौं । त्यसकारण पार्टीको वैठकमा प्रधानमन्त्री नआउने कुराहरुलाई अस्वाभाविक रुपमा अतिरञ्जित नगरिदिन आग्रह गर्दछु । ७) रास्वपाले पाएको अपार जनमतलाई विदेशीले बनाएको, सेनाले भोट प्रभावित गरेको भन्दै यो जनमतलाई कमजोर पार्ने काम नगर्नुहोला । जनमत र लोकतन्त्रको हुर्मत लिने काम नगर्नुहोला । ८) व्यक्ति बचाउन लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला, व्यक्ति फसाउन पनि लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला । ९) कहिलेकाहिँ पार्टीभित्र सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरुलाई फकाउनुभन्दा छाडिदिएकै राम्रो हुन्छ कहिलेकाहिँ । यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु । मान्ने नमान्ने तपाईंको जिम्मा । (नेपाली कांग्रेसको महाधिवेशनमा दिएको भाषणबाट)
