IMG-LOGO

लेकको बस्ती र बेसीको खेती

 मंगल, भदौ २३, २०८३  बद्री तिमल्सिना

    ‘पहिलेका मान्छेहरु भन्थे लेकको वस्ती अनी बेसीको खेती,’ कति दुरदर्शी कुरा छ । मूर्ख त अहिलेका हामी मानव नै हौं र कमजोर राज्य सम्यन्त्र पनि । भुकम्प गयो धेरै धनजनको क्षती भयो अनी हामीनै होइनौ र त्यो कमजोर धरतलमा घर बनाउने तथा तला थप्ने ?, मेलम्ची वाढीले ल्याएको तेत्रो क्षती आलै छ, बार्हबिसे जुरेमा सुख्खा पहिरोले नदी थुन्दा र त्यसपछीको क्षेती के हामीले बिर्सिसकेउँ ?, आजको त्रिसुली भोटेकोशीले ल्याएको यो विपदको घडीमा हजारौले ज्यान गुमाउनु परेको छ । फेरि पनि यस्ता प्राकृतिक प्रकोपबाट ठूलो क्षति हुनेकुरा धैरै नजिक छन् । नेपालको भौगोलिक अवस्था नै यस्तै प्रकृतीको छ तर सरकारले समयमा ध्यान दिन सकेन र कडा राज्य सम्यन्त्र नियम कानुन बनाउन सकेन भने यस्ता विपत्तीको सामना नेपाली जनताले धेरै भोग्नु पर्ने छ । जसरी उपत्यकामा सुकुम्वासी वस्ती हटाइ खोलाकिनाराका घर टहरा पन्छाइ स्वच्छ सफा तथा सौन्दर्यता कायम गर्ने अभियान ल्यायजस्तै देशैभरी जोखिममा रहेका वस्ती तथा व्यावसायिक क्षेत्रहरु तत्काल हटाउन पहल गरियोस् । उदाहरणको लागी सुकुटेबिच वरिपरिका रिसोर्ट तथा होटल रेष्टुरेण्टहरु कति जोखिम्मा छन् ? त्यस्ता हजारौ ठाँउहरु छन् भोली नै यस्ता विपत्ती नहोला भन्न सकिन्न हो त्यतातिर सरकारको ध्यान समयमा जावस् । खोई के गरिसक्यो दैलो देख्यो जस्तो नहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्