त्रिशुली को त्यो कहालिलाग्दो त्रासबाट ज्यान बचाउँदै माथी गाउँमा पुगेका बेला नजिकैको एउटा घरबाट बुढी आमा आएर हामीलाई वहाँले घर लगेर बस्न दिनु भयो अनि भित्रबाट दहि ल्याएर खान दिनु भयो । हामी बाँचेर आएको मा खुसी प्रकट गर्नु भयो । केटाकेटी हरुले नजिकैको भोगटे टिपी खान इच्छा गरे, जति मन लाग्छ खानु भन्नु भयो । खाना पकाएर ख्वाउछु भन्नू भयो तर हामीले आफैले बोकेको खानेकुरा खायौं । वहाँको आतिथ्य र सत्कार को म हृदय देखि नै प्रसंसा गर्दछु । नेताज्युहरुले देशबाट दया र धर्मको नष्ट गरेका भए पनि हाम्रो गाउँ घरबाट अझै माया ममता दया धर्म र मानवीयता सकिएको छैन भन्ने कुरा आज फेरि बुढी आमाले प्रमाणित गरिदिनु भयो । लाख लाख नमन छ थपलिया आमा !
