IMG-LOGO

उनीहरुलाई इतिहासको के महत्व ?

 मंगल, सावन ५, २०८३  अमृता लम्साल

    यो सरकार र सरकारमा बस्ने पदाधिकारीहरूले नचिनेको व्यक्ति उहॉ, अर्थात् डा. देवेन्द्र राज पाण्डेको अन्तिम विदाईमा सरकार र सत्तालाई खवरदारी गर्ने नागरिक अगुवाहरू, समाज अध्येताहरू, पत्रकारहरू र उहॉलाई सम्मान र श्रध्दा गर्नेहरूको बाक्लो उपस्थिति थियो । त्यहॉ पहिलो राष्ट्रपति डा. रामवरण यादव हुनुहुन्थ्यो । गगन थापा हुनुहुन्थ्यो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो । नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रेणु चन्दलगायतका व्यक्तित्वहरू हुनुहुन्थ्यो । अघिल्लो दिन नै प्राण त्यागिसक्नुभएका डक्टर साहेबको देहले एक रात आफ्नै घरको पिंढी कु¥यो ता कि, उहॉलाई श्रध्दा गर्नेहरूले सम्मान स्वरूप एक थुङ्गा फूलको मार्फत भएपनि सम्मान अर्पण गर्न पाउन् ।     तोकिएको समय पश्चात्, सेतो कात्रोमा बेरिएको शव, सानो (माइक्रो बस साइज) एम्बुलेन्सको एक साइडमा, पोको जस्तै बनेर सुत्दै गौशालास्थित विद्युतीय शवदाह स्थल पुग्यो । केही कर्मकाण्ड पुरा ग¥यो र चितामा चढ्यो । त्यो समयको अवधिमा, उहॉले आबश्यक पर्दा, समकालीन साथीहरू र लोकतन्त्र र प्रजातान्त्रिक व्यवस्थामा विश्वास राख्ने आफूजस्तै जुनियरहरूसँगसमेत अहोरात्र खटेर, पछिल्लो पुस्तालाई सुम्पिनुभएको प्रजातान्त्र र लोकतन्त्रको जिम्मा लिएको सरकार र यसका कुनै प्रतिनिधिले उहॉलाई श्रध्दाञ्जली अर्पण गरेर सामान्य औपचारिकता पालन गर्नुपर्ने जरुरत पनि देखाएनन् । किनकि, उनीहरू डा. पाण्डेजस्ता व्यक्तिलाई चिन्दैनन् । चिनुन् पनि कसरी ?      उनीहरू सोच्छन्, उनीहरू त जग नै नराखी हावामै घरको ढलान गर्न सक्ने चमत्कारी व्यक्तिहरूको समूह हुन् । उनीहरूलाई इतिहासको के महत्व ! तर, केही छैन, ज–जसले उहॉप्रति श्रध्दा र सम्मान व्यक्त गर्न सक्यौं, त्यो नै उहॉप्रतिको सॉचो श्रध्दाञ्जली हो र रहने छ । अन्त्यमा, डक्टर साबले केही महिना अगाडि अहिलेको सरकारलाई लक्षित गरेर लेख्नु भएको पोस्ट समेट्न चाहेँ । “तिमी रामचन्द्र नै हौ भने पनि तिम्लाई कामयाव हुन गुरू वशिष्ठ चाहिन्छ । बेलैमा खोज पाका गुरूहरू, अर्थात् राजकाजका कुरामा सल्लाह दिन सक्ने ज्ञानीहरू ।” हार्दिक श्रद्धा सुमन डक्टर साब !

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्