सिमाना जोडिएका देशहरुका वीच सिमा–विवाद सँधै रहन्छ । यो केवल नक्सा वा भूगोलको प्रश्न मात्र होइन, कूटनीति, सुरक्षा, व्यापार, राष्ट्रिय भावना, र दुई देशबीचको विश्वासलाई पनि असर गर्छ । दुई देश आ–आफ्नो दाबीमा अडिग रहन्छन् र समाधान गर्न अघि बढ्दैन भने त्यसलाई deadlock सृजना गर्छ । जसको प्रभावः राष्ट्रवादी भावना चर्किन सक्छ । दुवै देशमा राजनीतिक दलहरूले मुद्दालाई आन्तरिक राजनीतिमा प्रयोग गर्न सक्छन् । विश्वास कमजोर हुन्छ । सुरक्षा, व्यापार, जलस्रोत, ऊर्जा जस्ता अन्य सहकार्यमा पनि असर पर्न सक्छ । स्थानीय विकास प्रभावित हुन सक्छ । विवादित क्षेत्रका बासिन्दाले प्रशासनिक तथा विकास सेवामा कठिनाइ भोग्न पर्ने हुन सक्छन् । समस्या झन् जटिल बन्न सक्छ समय बित्दै जाँदा नयाँ तथ्य, नयाँ पूर्वाधार, र नयाँ राजनीतिक परिस्थिति थपिँदा समाधान कठिन हुन सक्छ । नेपाल–भारतसँग मिल्दाजुल्दा सीमा विवाद समाधानका उदाहरणहरूः क) भारत–बांग्लादेशले दशकौं पुरानो सीमा विवाद अन्ततः २०१५ Land Boundary Agreement मार्फत समाधान भयो । दुवै पक्षले केही दाबी त्यागेर व्यावहारिक समाधान स्वीकारेस ख) चीन–रुसका शताब्दीयौँ पुराना सीमा विवादहरू संयुक्त सर्वेक्षण, वार्ता र सीमाङ्कन मार्फत चरणबद्ध रूपमा समाधान गरिए । ग) अर्जेन्टिना–चीलीको सीमा विवादलाई अन्तर्राष्ट्रिय मध्यस्थता र दीर्घकालीन् वार्ताबाट समाधान गरियो । घ) नर्वे–रुसको समुद्री सीमा विवाद लगभग ४० वर्षपछि समझदारी द्वारा टुंग्याइयो । नेपाल–भारतका लागि सम्भावित उपायः क) संयुक्त प्राविधिक आयोग– (जसमा इतिहासकार, नक्साविद्, जलविज्ञ, र सर्वेक्षकहरूको संयुक्त टोली बनाएर प्रमाणहरूको पुनः अध्ययन गर्ने ।) ख) संयुक्त क्षेत्रीय सर्वेक्षण (आधुनिक GIS, उप–ग्रह नक्सा, ऐतिहासिक अभिलेख, र नदीको पुरानो बहावको अध्ययन गर्ने ।) र ग) चरणबद्ध समाधान गर्दै जाने (पहिले सहमति भएका सीमा भागहरूलाई अन्तिम रूप दिने, त्यसपछि विवादित क्षेत्रहरूमा केन्द्रित भएर थप प्रमाणहरुको आधारमा छलफल–वार्ता मार्फत समस्याहरु संबोधन गर्दे जाने ।) घ) संयुक्त व्यवस्थापन मोडेल (अन्तिम समाधान वा सहमती नहुन्जेल केही क्षेत्रलाई संयुक्त रूपमा व्यवस्थापन गर्ने व्यवस्थापन (विश्वका केही सीमाक्षेत्रमा प्रयोग भएको) मोडेल अनुसार अघि बढ्ने । ङ) उच्चस्तरीय राजनीतिक संवाद गर्ने (सीमा विवादलाई मात्र होइन, व्यापार, ऊर्जा, यातायात, जलस्रोत आदि व्यापक सम्बन्धसँग सिमाको सवाललाई जोडेर समाधान खोज्ने ।) च) अन्तर्राष्ट्रिय न्यायिक वा मध्यस्थ विकल्पमा जान सकिन्छ । (यदि दुवै पक्ष सहमत भएमा International Court of Justice (ICJ) जस्ता निकायमा जान सकिन्छ । तर भारतले सामान्यतः द्विपक्षीय वार्तालाई प्राथमिकता दिने नीति अपनाउँदै आएको देखिन्छ ।) नेपाल–भारत सीमा विवादको समाधान प्रायः एकपक्षीय विजय भन्दा पनि दुवै पक्षले स्वीकार्न सक्ने ऐतिहासिक, कानुनी र राजनीतिक समझदारी बाट सम्भव देखिन्छ । विश्वका अधिकांश सफल सीमा समाधानहरूमा भावनात्मक नाराभन्दा दीर्घकालीन वार्ता, संयुक्त अध्ययन, र राजनीतिक इच्छाशक्ति निर्णायक भएका छन् । नेपाल र भारतबीच खुला सीमा, गहिरो सांस्कृतिक (मधेशमा र काठमाण्डौंका राजा–महाराजा–राणा,व्यापारिक घरानाको लामो बैबाहिक नाता) सम्बन्ध, ठूलो व्यापार र जनस्तरीय सम्पर्क भएकाले यो विवाद अन्ततः सैनिक उपायबाट होइन, कूटनीतिक र प्राविधिक प्रक्रियाबाट समाधान गर्नु बढी बुद्धिमानी हुन्छ भन्ने म ठान्छु । भन्ने सिमाविद बुद्धि नारायण श्रेष्ठ बताउँछन् । तर, सिमा–विवाद लाई समाधान गर्ने गंभिरताका साथ “काम” चाहीं नगर्ने, बेला–कुबेला राजनैतिक चालको रुपमा “सिमा–विवाद” उठाउँने शैली र प्रचलनले लिंगरिङ रहिरहेका उनी देख्छन् । यसमा टवरिङ फिगर भएको नेता नेपालमा नभएर भुकी हिङडनेहरुले गर्दा हो भन्ने पनि गर्छन् । किनभने विपी कोइराला र तात्कालिन चिनियाँ प्रधानमन्त्री चाओ एन लाईले (१९६०) मा सगरमाथाको टुप्पो नेपालको कि चीनको हो भन्ने, लगायत ३२ ठाउँमा विवाद थियो । दुबै पक्षका समस्या समाधान गर्ने मनसुवा भएका प्रधानमन्त्रीहरुले वार्ताद्वारा नै (सगरमाथाको टुप्पो नेपालको भन्ने समेत) सहमती गरेर सम्झौता गरेपछि समाधान भयो । यसरी डटेर प्रतिबद्धताका साथ काम गर्नु पर्छ । यहाँ त कुटनैतिक कुसलता भन्दा पनि प्याङप्याङ भुक्ने तर कटिबद्ध भएर काम गर्ने आँटिलो नेता नै देखिँदैनन् । बृटिशले भारत छोडेर जाने बेलामा “टिष्टा” सम्मको तिमीहरुको जमिन फिर्ता लिने होईन त? भनेर सोद्धा राणा सरकारले (बृटिशले कुनै रहस्यमयी जालमा फसाउँन खोजे जस्तो छ भनि शंका गरेर) “फिर्ता नलिने” जवाफ पठाएछ । सुगौली सन्धीको मस्यौदा हेरी जाँच ठिक छ छैन बुझेर आऊ भनेर पठाएका राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय बृटिशले दिएको लोभ–लालचमा फसेर गद्दारी गरेर आफै सही गरेर भारतको बेतियातिरै हज्जारौं विघा जमीन बृटिशले दिएपछि भारततिरै छिरे । यस्तो त छ इतिहास । श्रेष्ठको भनाई छ ।
