IMG-LOGO

स्व. हरिभक्त कटुवालको ९१ औं जन्मजयन्ती

 मंगल, असार २३, २०८३  सुनिल कुमार उलक

    स्व. हरिभक्त कटुवाललाई एकै पटक छ्वास्स मात्र देख्न पाएँ –‘सडक कविता क्रान्ति’ को समय । भानु पत्रिकाको सडक कविता क्रान्ति विशेषांक अनुसार त्यो दिन २०३६ सालको साउन ३२ गते थियो ।      हरिभक्त कटुवाल १९९२ असार १८ गते आसामको डिब्रुगढ जिल्लाको बर्डविल भन्ने ठाँउको ख्वाङ गेर्गेरी गाँउमा जन्मनु भएको थियो । न्वारानको नाम ओमबहादुर राखिएका थियो । वहाँ केवल डेढ वर्षको हुँदा अम्बिकापुरमा रहेको घर ब्रम्हपुत्रको भेलले बगाएर लग्यो । यसरी घरवार विहिन भएको परिवार लिएर बुबा वीरबहादुर बोगिविलमा बसाइँ सर्नुभएको थियो । यस पछि वहाँको परिवारको दुःखको दिनको शुरुवात भयो । दुःख पिडा र अभावमा जिइरहनु भय हरिभक्त ।      घरको अभावले स्कुले दिनमा भागेर सर्कसमा काम गर्न पनि पुग्नुभएको थियो । बुबाले खोजेर फिर्ता ल्याउनु भए पछि पढाइ सुचारू गर्नुभयो । सन १९५५ मा म्याट्रिकुलेशन पास भए पछि जागिर तिर लाग्नुभयो । जीवन सुखदुखसँग बिताउँदै गर्दा मेदेला गाउँकी जयकुमारी ठकुरीसँग प्रेम प¥र्यो र विवाह पनि गर्नुभयो । तीन छोरी र एक छोराको बुबा बन्नुभयो । हुर्कदै गरेको छोराको पनि लत राम्रो भएन । छोराले कमाएर परिवार हेर्ला भन्ने उम्मीदमै छोराले पनि संसार छोडे ।     परिवारका लागि वहाँले के मात्रै गर्नुभएन । मिडल स्कुलमा माष्टरी गर्नुभयो । होटल थाप्नुभयो । तरकारी पसल खोल्नुभयो । साहित्य तर्फ गहिरा रुचि भएका वहाँलाई केदारमान ब्यथितले काठमाडौं डाक्नुभयो । २०२४ मा पहिलो पटक नेपाल आउनु भएका वहाँ २०२६ सालमा नेपालमा नै बसाइ सर्नुभयो । प्रज्ञाप्रतिष्ठानको मुखपत्र प्रज्ञाको प्रवन्ध सम्पादकका रुपमा जागिर पाउनु भयो ।      नेपाल आउनु भए पछि पनि वहाँले चाहे जस्तो खुशी पाउनु भएन । जीवन प्रतिको उपहासले वहाँ आफूलाई रक्सीमा डुवाउन थाल्नुभयो । नाम त कमाउनु भयो तर दाम कमाउन सक्नु भएन । हतास र निरश जीन्दगी जिइरहनु भएका वहाँले बिरक्त लाएर चुरोटको डब्बामा कोर्नुभएका निरश शब्दहरु संयोगले कमलादीको एउटा कुनामा भेटिए पछि संगीतकार दिपक जंगमले त्यसमा संगीत भरिदिनु भयो । त्यसपछि यो गीत प्रख्यात गायक स्वर सम्राट नारायण गोपाललाई दिनुभयो । गाउनु अगाडि गीतका शव्दमा धेरै घोट्लिनु हुने नारायण दाइदाई गीत मन प¥यो र गाउनुभयो । यो गीत निकै चल्यो । गीत थियो – मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठिकै छु बिथोल्न नआऊ । मेरो जिन्दगीमा सधैं यो उदासी सकेकै छु जिउन कहीले नहाँसी मेरो चाहना हो तिमी हाँसे पुग्छ मेरो घाउ तिमी नहाँसे पो दुख्छ यसैले म भन्छु तिमी मुस्कुराऊ मलाई नसोध कहाँ दुख्छ घाउ । कतै बिरानीमा हराएँ भने म कतै बेहोसीमा कराएँ भने म मेरो प्राप्ती त्यही यती ठाने पुग्छ मेरो घाऊ तिमी नहाँसे पो दुख्छ अँध्यारोमै छोड दियो नजलाऊ मलाई नसोध कहाँ दुख्छ घाउ ।।     २०३७ साल जेठको अन्ततिर आसाममा बुबा सिकिस्त विरामी हुनुभएको समाचार पाउनु भएपछि आसाम फर्कनु भयो । बुबा बाँच्नुभएन । यता पेटको अल्सरले वहाँलाई अझ गाँज्न थाल्यो । डिब्रुगढ मेडिकल कलेजमा भर्ना गरिएका वहाँ अस्पतालको शैयाबाट घर फिर्न सक्नुभएन । बुबाको देहावसानको केवल डेढ महिनामा नै २०३७ सालको भदौ २५ मा केवल ४५ वर्षको उमेरमा वहाँको देहावसान भयो । चौकिढिङको मसानघाटमा वहाँको अन्तिम संस्कार गरियो ।      नेपाल तथा आसाममा यति धेरै नाम कमाउनु भएका हरिभक्त कटुवालको अन्तिम क्षण श्रद्धाञ्जली दिन मलामी केवल १३ जना मात्र पुगेका थिए । दाम त जीवनमा कहिल्यै कमाउनु भएन । मृत्युमा मलामी पनि कमाउन पाउनु भएन । सधै अभावमा नै जिइरहनुभयो । सबैले नाम त कमाए हरिभक्तले भन्थे तर पनि अन्तिम समय कोहीले सम्झेनन् । केवल नजिकका आफन्तको बिचमा दाहसंस्कार भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्