IMG-LOGO

विनय

 मंगल, मंसिर २१, २०७८  धरणीधर कोइराला

  कुकर्मका कुझोकमा कती अकाल मा मरे । कुतर्कका कुबेगमा कती त व्यर्थमा परे ।। कुकर्मले कुतर्क भो कुतर्कले कुकर्म भो । चल्यो प्रसङ्ग पापको अघोर ढेर भो प्रभो ।।   हरे ई जीव आफु नै ति पापमा घुडा धसी । गई पसी सडी मरी कुहीसके फसाफसी ।। बिछट्ट पाप थुप्रियो असार सार मानियो । नधोइ धोइने भयो न काटि काटिने छ यो।।   उदार साहसी पनी परे यसै लपेटमा । कृपा–कटाक्ष कृष्ण हे घुमाउनोस् गरी क्षमा ।।   चन्द्रिका,  फाल्गुन १९७४  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्