IMG-LOGO

मेरो अर्धाङ्गिनी तिमी हौ

 मंगल, मंसिर १४, २०७८  भीमनिधि तिवारी

आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ   यो स्नेहको बिरुवा कैले पनि नसुकोस् फूलबारीको म माली मधुमालिनी तिमी हौ   हाँसेर मोह गर्ने बोलेर दिल हर्ने म कृष्ण हुँ कलीको तर ग्वालिनी तिमी हौ   हाम्रो अखण्ड प्रीतिको उपमा दिऊँ के श्रीखण्डको म हाँगा हुँ, नागिनी तिमी हौ   यो प्रेमको कहानी सुन्नेहरू चर्किन्छन् म राग हुँ उषाको औ रागिनी तिमी हौ

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्