IMG-LOGO

पोखिएर घामको झुल्का 

 मंगल, भदौ ८, २०७८  शब्द ;- हरिभक्त कटुवाल

  स्वर :- नारायण गोपाल  पोखिएर घामको झुल्का, भरि संघारमा, तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है सयपत्री फूलसितै फक्री आँगनमा, बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है   कति कति आँखाहरु बाटो छेक्न आँउछन् परेलीमा बास माग्न कति आँखा धाँउछन् यति धेरै मानिसका यति धेरै आँखाहरु, मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है   उडुँ–उडुँ लाग्छ किन, प्वाँख कहिले पलायो मनको शान्त तलाउको पानी कसले चलायो आँफैंलाई थाहा छैन कसलाई थाहा होला, त्यसैले त तिमीसित सोधूँ सोधूँ लाग्छ है   पोखिएर घामको झुल्का, भरि संघारमा, तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्