IMG-LOGO

महान तथा धनुर्धर योद्धा एकलव्य

 मंगल, चैत ३, २०७७  आर एल श्रमजीवी

महान तथा धनुर्धर योद्धा एकलव्य महाभारत युद्धमा नलडे पनि महाभारतमा उनको चर्चा धेरै छ । महाभारत कालमा प्रयाग (इलाहाबाद) को तटवर्ती प्रदेशमा फैलिएको श्रृंगवेरपुर नामक राज्य निषादराज हिरण्यधनुको थियो । गंगाको किनारमा अवस्थित श्रृंगवेरपुर उक्त राज्यको सुदृढ़ राजधानी थियो । त्यसबेला  श्रृंगवेरपुर राज्यको शक्ति मगध, हस्तिनापुर, मथुरा, चेदि र चन्देरी आदि ठूला राज्यसमान नै थियो । निषादराज हिरण्यधनु तथा उनका सेनापति गिरिवीरको वीरता विख्यात थियो ।  हिरण्यधनु आफ्ना अमात्य (मन्त्री) परिषदको सहायताबाट राज्य संचालन गर्थे । एकलव्य द्रोणाचार्यका महान शिष्य मध्येका एक थिए । महाभारतका नायक अर्जुनलाई सबैभन्दा अचुक धनुर्धर मानिन्छ तर एकलव्यका अगाडि उनी पनि फिक्का थिए  भनिन्छ । एकलव्यको कुरा आउदा जब गुरु र चेलाबीचको प्रसंग आउँछ वा आदर्श चेलाको  विषयमा चर्चा हुन्छ, एकलव्यको नाम  आदर्शका रुपमा आउँछ । एकलब्य विद्या एवं ज्ञानप्रति गहिरो अभिरुची राख्ने उनी लगाव, आत्म–अनुशासन र त्यागका प्रतिक हुन् । एकलव्य धनु–विद्यामा निपूर्ण थिए । खासमा उनले द्रोणाचार्यलाई गुरु मानेर उनकै प्रतिमा स्थापना गरी धनु विद्या सिकेको थिए । पछि  चालबाजी गरेर गुरु द्रोणाचार्यले उनलाई गुरु–दक्षिणा स्वरुप बुढी औंला मागे ।  एकलव्यले गुरुको वचन टार्न सकेनन् । उनले आफ्नो बुढी औंला काटेर गुरु दक्षिणा दिए, जबकी धनुष वाण चलाउनका लागि बुढी औंला अति आवश्यक हुन्छ द्रोणाचार्यको छलबाट उनको बुढी औला मागिएको थियो ।  एकलव्यलाई राजसूय यज्ञका प्रमुख राजाहरूमध्ये एक मानिन्छन् जहाँ उनले सम्मानस्वरूप युधिष्ठिरलाई आफ्ना पादुका सुम्पेका थिए । को थिए एकलव्य ? खासमा एकलव्य बासुदेवका साथीका एक्लो सन्तान थिए । वासुदेव श्रीकृष्णका पिता हुन् बासुदेवका साथीका छोरा एकलब्य कृष्णका भाइ बराबर थिए  । एकलव्यलाई  हिरण्यधनुले पालन पोषण गरेका थिए  । त्यसैले एकलब्य  एक भीलपुत्रको नामबाट परिचित थिए ।  उनका पिता हिरण्यधनु एक शिकारी पनि थिए । एकलव्य पनि आफ्ना पिता हिरण्यधनुसँगै जंगलमानै बस्दथे । शिकारीको छोरा भएको कारण उनको धनुर्वाणमा एकदमै रुची थियो । पाँच वर्षको भएपछि एकलव्यको शिक्षा सुरु भयो । तत्कालीन व्यवस्था अनुसार कुलीय गुरुकुलमै उनको शिक्षा थालनी भयो ।  त्यो गुरुकुलमा सबै जाति र समाजका उच्चवर्गका व्यक्ति पढ्थे । उनी सानै देखि एक धुरन्धर धनुर्धारी बन्न चाहन्थे । उनको आमाको नाम सुलेखा थियो । शुरुमा एकलव्यको नाम अभिद्युम्न थियो । उनलाई अभय नामले बोलाइन्थ्यो । एकलव्य एक राजपुत्र थिए । उनको पिता हिरण्यधनुलाई कौरवहरू सम्मान गर्थे अर्थात् हस्तिनापुरमा उनको प्रतिष्ठा थियो । बाल्यकालदेखि नै अस्त्र–शस्त्र विद्याप्रति बालकको लय, लगन र एकनिष्ठता देखेर गुरुले उक्त बालकको नाम ’एकलव्य’ राखिदिएका थिए । एकलव्य युवा भएपछि हिरण्यधनुले आफ्ना एक निषाद मित्रकी छोरी सुनीतासँग  एकलव्यको विवाह गराइदिएका थिए ।  एकलव्यको धनुर्विद्या देखेर पुलक मुनी पनि अचम्मित भएका थिए । त्यसपछि उनले एकलव्यका पितासँग गएर बाटो देखाइयो भने एकलव्य महान धनुर्धर बन्न सक्ने बताएका थिए । द्रोणाचार्यले एकलव्यलाई धनुर्विद्या सिकाउन गरे इन्कार गरे ।  पुलक मुनीले भनेपछि धनुर्विद्या सिक्न हिरण्यधनु आफ्ना छोरालाई लिएर द्रोणाचार्य कहाँ पुगे । त्यहाँ द्रोणाचार्यले हिरण्यधनुलाइ अपमान गरे । उनी अपमानित भएपछि जंगल फर्किए। एकलब्य राजा जरासन्धको सेनामा जनरल पनि थिए । ब्राह्मण गुरुले शूद्र र आदिवासी जस्ता तल्लो जातका व्यक्तिलाई प्रशिक्षित गर्न नमिल्ने चलन चल्तीमा भएको हुनाले द्रोणाचार्यले उनलाई धनुर्विद्या सिकाउन नमानेपछि उनी आफैँले  आफूलाई सिकाउनमा दृढ रहे । द्रोणाचार्य जब आफ्ना शिष्यलाई अस्त्र शस्त्रको विद्या सिकाउँथे त्यो बेला एकलव्य पनि त्यहाँ लुकेर द्रोणाचार्यका सबै कुरा सुन्थे । उनी आफ्नो क्षेत्रका राजकुमार भएपनि त्यहाँ सेवक बनेर बसेका थिए । द्रोणाचार्यले एकलव्यलाई जब नियम तोडेको भन्दै सेवकको कामबाट पनि निकालिदिए । त्यसपछि उनले जंगलमै बसेर द्रोणाचार्यको एक माटोको प्रतिमा बनाउँदै त्यस अगाडि अभ्यास गर्न शुरु गरेका थिए । द्रोणाचार्यले कौरव र पाण्डव दाजुभाइलाई सिकाइरहेको बेला उनी लुकेर सबै सिकिरहन्थे । शिक्षण सकेपछि उनी आश्रममा गई द्रोणाचार्यको मुर्ति अगाडि घुडा टेकेर माटो लिएर प्रार्थना गर्थे  । यसरी माटो लिनुको उद्देश्य द्रोणाचार्यको बाटोमा नै हिँड्ने इच्छा प्रकट गर्नु हो ।  द्रोणाचार्यको मूर्ति आफ्नो गुरु हो भनेर मानेका थिए  । यसरी उनी आफ्नो प्रशिक्षणमा कार्यरत रहन्थे । त्यसैले एकलव्य एक महान चेला  हुन् । विद्या एवं ज्ञानप्रति गहिरो अभिरुची राख्ने उनी लगाव, आत्म–अनुशासन र त्यागका प्रतिक हुन्  । तर गुरु द्रोणले अर्जुनलाई वचन दिएका थिए  । समय बित्दै गएपछि एकलव्य सहित पाण्डव तथा कौरव जवान हुँदै गए । द्रोणाचार्यले अर्जुनलाई सानैमा अर्जुन भन्दा राम्रो धनुर्धर संसारमै कोहि नहुने वचन दिएका थिए । तर एक दिन द्रोणाचार्य र अर्जुन दुबैले जंगलमा एकलव्यले चलाएको धनुषबाट त्यो गलत साबित हुनपुग्यो । द्रोणाचार्यलाई औँला मिल्यो गुरुदक्षिणा एकलव्यले माटोको प्रतिमा बनाएर आफ्नो गुरु मानेका कारण गुरु दक्षिणास्वरुप द्रोणाचार्यलाई आफ्नो औँला काटेर चढाएका थिए । दाहिने हातको बुढी औँला नभएपनि उनलाई अत्यन्तै कुशल धनुर्धर र योद्धा मानिन्थ्यो । द्वारका र यादव वंशमा आक्रमण गरेको बेला उनलाई श्रीकृष्णले छल गरेर मरेका थिए । महाभारतको युद्द समाप्तपछि  कृष्णले अर्जुर्नलाई भनेका थिए कि विश्वको शक्त्तिशाली धनुर्धर बनाउनकै लागि मैले एकलव्यलाई छल गरेर मारेको हु । एक दिन द्रोणाचार्य र उनका शिष्यहरू वनमा भ्रमण गर्न जाँदा अर्जुनले एक भुक्न नसक्ने कुकुर फेला परे । उक्त कुकुरको मुख वरिपरि तीरको घेरा थियो । उक्त घेरा यस्तो प्रकारले बनाइएको थियो कि त्यो कुकुरलाई कुनै पनि प्रकारको हानि भएको थिएन तर त्यसले भुक्न भने सक्दैनथ्यो । द्रोणाचार्य अचम्मित त परेका थिए यस्तो धनुर्विद्या देखेर तरा अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धर बनाउने वाचा अपूर्ण रहने उनमा चिन्ता जाग्यो । कुकरको मुख वरिपरि यस्तो बाणको घेरा बनाउने को रहेछन् भन्दै खोज गर्दा द्रोणाचार्य र उनका शिष्यहरूले एकलव्यलाई भेटे । द्रोणाचार्यलाई देखेपछि एकलव्य पनि उनीहरूसमक्ष आए र द्रोणाचार्यको अभिनन्दन गरे । द्रोणाचार्यले एकलव्यलाई कहाँबाट त्यस्तो कुशल धनुर्विद्या सिकेको भनेर प्रश्न गर्दा एकलव्यले द्रोणाचार्यको नै नाम लिँदै उनले माटोले बनाएका द्रोणाचार्यको मूर्ति देखाए । द्रोणाचार्यले एकलव्यलाई साँच्ची नै उनको शिष्य कहलाउनु छ भने उनलाई गुरु दक्षिणा दिनुपर्छ भनी सम्झाए । आज्ञाकारी एकलव्यले एक पटकमा नै दक्षिणामा जे मागेपनि दिने वाचा गरे । एकलव्य भविष्यमा गएर हस्तिनापुरको शत्रु महाजनपद मगधको सेनामा लागी पर्छन् भनेर द्रोणाचार्यलाई थाहा थियो । त्यसैले द्रोणाचार्यले गुरु दक्षिणाको रूपमा एकलव्यलाई उनको दाहिने हातको बुढी औँला मागे जुन एकलव्यले बिना कुनै हिचकिच द्रोणाचार्यलाई दिए । एकलव्य आफ्नो विस्तारवादी सोचका कारण जरासन्धका मित्र भएका थिए । जरासन्धले मथुरामाथि आक्रमण गर्दा एकलव्यले  लगभग सम्पूर्ण यादव सेनाको विनाश गरिदिएका थिए । यो कुराको उल्लेख  विष्णु पुराण एवं हरिवंश पुराणमा पाइन्छ । महाभारत युद्धअघि कृष्णले एकलव्यलाई सिध्याइदिएका थिए अन्यथा उनले कुरुक्षेत्रमा समेत विध्वंश मच्चाइदिनसक्थे । महाभारत युद्धमा एकलव्यका पुत्र केतुमान कौरवका पक्षबाट लडेका थिए जसलाई भीमसेनले मारिदिएका थिए ।माथि उल्लेख गरिएका बाहेक भूरिश्रवा, सात्यकी, युयुत्सु, नरकासुरको पुत्र भगदत्त आदि अन्य थुप्र योद्धा थिए जोसँग विशेष प्रकारका मायावी शक्ति थियो । द्रोणाचार्यले नै अर्जुनलाई महान सिद्ध गर्नका लागि एकलव्यको बूढी औँला कटाएका थिए, एकलव्यलाई  पछि तिनै अर्जुन विरुद्ध समेत युद्ध लड्नुपर्ने भएको थियो । एकलव्य अर्जुनको पुत्रको हत्याका कारण बन्न पुगे भने अर्जुनको सालोकै हातबाट उनको मृत्यु पनि भयो ।।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्