IMG-LOGO

लामो यात्रा एकतर्फी

 मंगल, सावन ५, २०८३  डा. देवेन्द्रराज पाण्डे

लामो यात्रा एकतर्फी  नजिक छ लौ त्यो पल, बुझ्ने हो अब जीवन के हो,  भ्रम हो वा नयाँ बिहानी?  सत्य हो आत्मा यो अविनाशी  खुसीयाली स्थायी मुक्तिको  बलिया, निर्धा सबलाई अवसर  विना पक्षपातको । विना कष्ट नाम कमाएँ  सजिलै बाँचे झन्डै शरद् गहसतक ऋण तिर्नु छ बाँकी केही,  मनका बाचा कतिकति ।  कर्म नै भन्छन् मुक्ति मार्ग  तर गरौं कहाँ के ज्ञान छैन ।  अतृप्त मन, शरीर अशक्त तैपनि  मुस्किल बन्न विरक्त ।  जे गरियो जता बिराइयो रह्यो यही कमाइ,  स्वतन्त्र हुने हो अबचाहिँ साथी इहलोकिय हिसाब बुझाइ । अज्ञानतालाई ज्ञान मानेँ,  रातलाई उज्यालो दिन ठानेँ, के व्यर्थैमा बिते सब यी दिन मेरा मात्र अहंतुष्टिको लीला रचाइ ? विकास, विकास घोक्दा घोक्दै  विपन्न, वञ्चित जनबल भन्दै  पोस्यौं विपरीत शक्तिलाई । जागिर खाएँ विकास भन्दै, छोडेँ त्यसकै लागि  पञ्चायत देखेँ, बहुदल मागेँ, रमाएँ परिवर्तन भन्दै रट्दै लोकतन्त्र, गणतन्त्र सडकमा ’अगुवा’ पदवी पाएँ, विकास फेरि ओझेल पर्दा भगुवा हुन रुचाएँ ।  बेला हो यो ज्ञानपथको तर थाहा छैन कर्म न ज्ञान । अब केही छैन  छ त केवल समयको मनमानी । रोगव्याधको चिन्ता छैन, न छ सुर्ता परिवारको, पसिना छैन आँसु छैन परमधामवासी कसैको !   किन डराउँछौ मृत्युदेखि खोस्टो चोला समाइ, स्वतन्त्र हुने वेला यही हो लौ रमाऔं अब प्रिय साथी ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्