तिमीलाई हामी सँगै नभएकोमा खल्लो लाग्दैन ? एक्लै कतै टाढा हुँदा मन भारी हुँदैन ? हात समाएर हिँडेका गोरेटोहरूले मुटु कोतर्दैन ? याद नै नगरे पनि कहीँ–कतै सम्झनाका बाछिटाहरूले झस्काउँदैनन् ? तर तिमीलाई केहीले छुँदैन ! तिमी त नदी थियौ जसलाई समुद्र पुग्ने हतारो थियो । बिर्सिएको त मैले हो आफ्नो हैसियत आखिर खहरेको हैसियत नै छाँगा–छहरा न हो समुद्र पुग्न कहाँ सम्भव थियो र ! !
