IMG-LOGO

उम्मदवार हो रे ऊ

 मंगल, माघ २८, २०८२  – डा. सुन्दर खड्का

सामाजिक सञ्जालमा दुई–चार लाइक आयो कि, पार्टी खोल्ने ट्रेन्ड आजकल । पाँच–छ लाइक आयो कि स्वतन्त्र उमेर दिने ट्रेन्ड, चाहे त्यो पत्रकार होस् , मोडल होस्, गायक होस्, कन्टेन्ट क्रिएटर होस् वा युट्युबर ।   किनकि उसलाई लाग्छ, फेसबुकको लाइक नै भोट हो, उसलाई लाग्छ, ऊ विना देश कसैले बनाउन सक्दैन । ऊ बाहेक कोही पनि जान्ने–सुन्ने छैन जस्तो लाग्छ ।   मोनेटाइजेशन सँगै उसको स्टाटस राष्ट्रवादी बनेका छन्, किनकि उसले कन्ट्रोभर्सीमा ध्यान खिचेको छ, गलत सन्देशलाई भड्काउँदै, आफ्नै व्यापार बढाइरहेको छ । अन्त्यमा, मेयरले नगरपालिकालाई चलाउने हो, डाक्टरले बिरामी जाँच्ने हो, पत्रकारले समाचार दिने हो, गायकले गीत गाउने हो, मोडलले मोडलिङ गर्ने हो र सबैले आफ्नो–आफ्नो काम गरे देश कसरी बन्दैन र ? ड्युक विश्वविद्यालय, अमेरिका

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्