मनको खेतबारीमा..... अक्षरको विरुवाहरू छर्दै शब्दको खेती गर्दैछु जहाँ भावनाका फसलहरू लह लह पाकेर कसैको आपूर्ति पूरा गर्ने आतुर हुँदा हुँदै पनि यो उर्वर भूमि पनि एकाएक बाँझो हुन पुग्दा यी अक्षरको विरुवाहरू सप्रिन सकिरहेका छैनन । मनको खेतबारीमा...... अक्षरको विरुवा सप्रिन नसक्नु नै यहाँ जैव मलको अभाव छ यो उर्वर भूमि बाँझो हुनको कारण रसायनको अतिक्रमणले जैवलाई विनाश गर्दैछ । मनको खेतबारीमा.... अक्षरको धेरै विरुवा लगाए तर यहाँ बारुद र मिसाइलको विस्फोटले उम्रिन लागेको शब्दका टुसाहरू ध्वस्त पारेपछि..... भावनाको फसल अभाव भएको छ खडेरीको प्रकोपले यहाँ शब्दको अनिकाल परेको छ मनको खेतबारीमा आज अक्षरको विरुवाहरू खिइएर शब्दको टुसा उम्रेका छैनन र त.. यहाँ.. सबै भाव शुन्य भएको छ ।
