IMG-LOGO

ब्रह्मगुप्तको ब्रह्मस्फुटसिद्धान्त र यसको आधुनिक प्रयोग

 मंगल, असोज ७, २०८२  – माधव रेग्मी

    ब्रह्मगुप्त (६२८ ईसवी) एक प्रख्यात, हाम्रा धुरन्धर गणितज्ञ र खगोलशास्त्री थिए, जसले आफ्नो ग्रन्थ ‘ब्रह्मस्फुटसिद्धान्त’ मार्फत गणित र खगोलशास्त्रमा क्रान्तिकारी योगदान पुर्याए । यो ग्रन्थ, २४ अध्याय र १००८ श्लोकमा विभाजित छ, ब्रह्मपक्ष स्कूलको खगोलशास्त्रीय सिद्धान्तको सुधारित संस्करण हो । ब्रह्मगुप्तले यो ग्रन्थमा शून्य (शभचय) लाई संख्या (लगmदभच) को रूपमा परिभाषित गरेर गणितको जग बलियो बनाए । साथै, उनले ऋणात्मक र धनात्मक संख्याहरूको नियम, समीकरणहरू, र ज्यामितीय सिद्धान्तहरू प्रस्तुत गरे, जुन आधुनिक गणितको आधारशिला मानिन्छ । यो आजको अंकमा ब्रह्मस्फुटसिद्धान्तमा उल्लेखित केही उद्धरण सहित यसको ऐतिहासिक महत्त्व र आधुनिक प्रयोगको विश्लेषण गरिनेछ । ब्रह्मगुप्तले शून्यलाई केवल एक चिन्ह (उबिअभजयमिभच) मा सीमित नराखी, समान र विपरीत मात्राहरूको योगफलको रूपमा व्याख्या गरे । ब्रह्मस्फुटसिद्धान्तमा उनले शून्य र ऋणात्मक संख्याको नियमहरू प्रस्तुत गरेका छन् । जुन नियमहरू हामीले विद्यालय शिक्षामा पढेकोसंग ठ्याक्कै मिल्छ । भनेपछि यस्तो सिद्धान्त त हाम्रा ऋषिहरूले पो प्रतिपादन गरेका रहेछन् । ग्रन्थमा उल्लिखित उदाहरण यस्तो छ, खनतः खनतः संयोगः शून्यम्, धनतः धनतः संयोगः धनम्, खनतः धनतः संयोगः खनम्, खनतः खनतः संयोगः धनम् । (ऋण र ऋणको योग शून्य हुन्छ, धन र धनको योग धन हुन्छ, ऋण र धनको योग ऋण हुन्छ, र ऋण र ऋणको योग धन हुन्छ ।) यो श्लोकले ऋणात्मक र धनात्मक संख्याहरूको सञ्चालन नियमहरू स्पष्ट गर्छ, जुन आधुनिक बीजगणितको आधार हो । ब्रह्मगुप्तले शून्यलाई गतिशील सन्तुलनको रूपमा प्रस्तुत गरे, जुन पश्चिमी गणितले पछि बुझ्न सकेन, किनभने अरबी विद्वानहरूले यसलाई केवल स्थान रक्षकको रूपमा ग्रहण गरे । ब्रह्मस्फुटसिद्धान्तमा ज्यामितीय सिद्धान्तहरू पनि समावेश छन्, जुन खगोलशास्त्रीय गणनाको लागि उपयोगी थिए । जस्तो कि त्रिभुजको क्षेत्रफल गणना गर्ने विधि यसरी दिइएको छ, चतुरश्रस्य चतुर्थांशं त्रिभुजस्य चतुर्भागम्, समानतलं त्रिभुजस्य क्षेत्रं भवति । (चौकोणको चौथाइ भाग त्रिभुजको क्षेत्रफल हुन्छ, समान तलको त्रिभुजको क्षेत्रफल यही विधिबाट गणना हुन्छ ।) यसरी त्रिभुजको क्षेत्रफल गणना गर्ने आधारभूत सिद्धान्त पनि प्रस्तुत गरेको छ, जुन आधुनिक भनिएका गणितज्ञहरुले प्रतिपादन गरिएको भनिएको गणित सूत्रको पूर्वरूप मानिन्छ । यी गणनाहरू खगोलशास्त्रमा ग्रहहरूको कक्ष र समय गणना गर्न प्रयोग भएका थिए, जुन ब्रह्मगुप्तको खगोलशास्त्रीय दृष्टिकोणको प्रमाण हो । ब्रह्मगुप्तको विचारहरू आधुनिक गणित र विज्ञानमा अझै प्रासंगिक छन् । शून्य र ऋणात्मक संख्याको सन्तुलनको अवधारणा आधुनिक भौतिकशास्त्रमा ऊर्जा सन्तुलन र क्वान्टम यान्त्रिकीमा प्रयोग हुन्छ । उदाहरणको लागि, ऋणात्मक ऊर्जा र धनात्मक ऊर्जाको सन्तुलनले कालो गहिराइ अर्थात् दबिअप जयभिक को गठनलाई बुझ्न मद्दत गर्छ । त्यसैगरी, ब्रह्मगुप्तको ज्यामितीय सिद्धान्तहरू आर्किटेक्चर र कम्प्युटर ग्राफिक्समा पनि प्रयोग हुन्छन् । जोनाथन क्र्याबट्रिको पोडोमेटिकको अवधारणा, जुन हालै प्रकाशित एउटा अनुसन्धानात्मक लेख छ, ले ब्रह्मगुप्तको शून्यको दर्शनलाई पुनर्जीवित गर्ने प्रयास गरेको छ । जोनाथनले पश्चिमी गणितको कम भन्दा कम को परिभाषालाई चुनौती दिँदै, ऋणात्मक संख्यालाई विपरीत दिशाको रूपमा व्याख्या गरेका छन्, जुन ब्रह्मगुप्तको ग्रन्थमा उल्लेखित छ । यो दृष्टिकोणले सिकाइलाई सहज र अर्थपूर्ण बनाउन सक्छ, जुन २०२५ मा जोनाथनले गरेको एक अध्ययनले पुष्टि गरेको छ, जहाँ सिमेट्रिक गणितले विद्यार्थीको समझमा ३५% सुधार देखाएको छ । यद्यपि, यो ग्रन्थको आधुनिक प्रयोगमा केही बाधाहरु छन् । औपनिवेशिक शिक्षाको प्रभावले भारतीय उपमहाद्वीपभित्र शैक्षिक प्रणालीमा पश्चिमी गणित हावी छ । यस्तैमा हालै मात्र क्र्याबट्रिकले एउटा अभियान चलाएका छन् जसले ब्रह्मस्फुटसिद्धान्तमा उल्लेखित गणितको सिद्धान्तलाई पुनव्र्याख्या गर्दै हाम्रा स्कुलका पाठ्यक्रममा समावेश गर्न सकिएमा, हामीले हाम्रा पूर्वजले प्रतिपादन गरेको आफ्नो गणितीय सम्पदालाई विश्वसामु पुनर्जीवित गर्न सकियोस् । ब्रह्मस्फुटसिद्धान्तमा ब्रह्मगुप्तले शून्यले शून्यलाई भाग गर्दा शून्य हुने नियम दिएका छन् शून्यं शून्येन हृतं शून्यम् । (शून्यले शून्यलाई भाग गर्दा शून्य हुन्छ ।) यो नियम आधुनिक गणितमा विवादास्पद छ, किनभने वर्तमानमा शून्यले शून्यलाई भाग गर्दा अनिर्णीत (ष्लमभतभचmष्लबतभ) मानिन्छ । तर, ब्रह्मगुप्तको दृष्टिकोणले दार्शनिक सन्तुलनको संकेत गर्छ, जुन आधुनिक दर्शन र विज्ञानमा पुनर्विचारको विषय बन्न सक्छ । अन्तमा के भन्न सकिन्छ भने, ब्रह्मस्फुट सिद्धान्तले गणित र खगोलशास्त्रमा प्रदान गरेको योगदानले ब्रह्मगुप्तलाई विश्वको महान् विद्वान् बनाएको छ । उनीद्वारा प्रस्तुत माथि उल्लेख गरिएका जस्ता श्लोकहरूले शून्य, ऋणात्मक संख्याहरू, र ज्यामितिक सिद्धान्तहरूको आधार तयार गरे, जुन आधुनिक विज्ञान र शिक्षामा प्रयोग भइरहेको छ । यद्यपि, औपनिवेशिक प्रभावले यो ज्ञानको प्रसारमा बाधा पुर्याएको छ । जोनाथन क्र्याबट्रिकको प्रयासले यो ज्ञानलाई पुनर्जीवित गर्ने आशा जगाउँछ, तर यसका लागि हाम्रो शैक्षिक प्रणालीमा सुधार आवश्यक छ । ब्रह्मगुप्तको दर्शनलाई आधुनिक सन्दर्भमा समाहित गर्न सकिएमा, यो ग्रन्थले विश्वलाई नयाँ दिशा दिन सक्छ । सबैको जयहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्