IMG-LOGO

एक जुगमा एक दिन

 मंगल, असोज ७, २०८२  – गोपालप्रसाद रिमाल

  एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ   लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् ।   गए भनी नदेखिएका फर्कीफर्की आउँछन् सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन् ।   मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन् खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ कायरहरु पनि वीर हुन्छन जुरुक्क जुरुक्क उठनेछन् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्