IMG-LOGO

द्रोणाचार्यः पाण्डव र कौरवका गुरु

 मंगल, कार्तिक २५, २०७७  आर . एल . श्रमजीवी

महाभारत कथामा भीष्म पछि उमेरले पाको  द्रोणाचार्य सबैभन्दा महत्वपूर्ण मानिन्छ । भनिन्छ कि देवगुरु बृहस्पतिको जन्म द्रोणाचार्यको रूपमा भएको थियो । महाभारत कथामा द्रोणाचार्यसँग सम्बन्धित यस्ता कुराहरु पढ्न पाईन्छ । द्रोणको जन्म अप्सरा घृताची र महर्षि भारद्वाजबाट द्रोणको जन्म भएको थियो । उनको जन्म सहज थिएन ।  महर्षि भारद्वाजको वीर्य यज्ञकलश वा पर्वतीय गुफामा स्खलन भएको कारण अप्सरा घृताची गर्भवती भएकी थिईन् र उनको जन्म भएको थियो, यसर्थ उनलाई द्रोण भनियो । द्रोणाचार्य भारद्वाज मुनिका छोरा थिए । उहाँ संसारको सबैभन्दा राम्रो धनुर्धारी थिए । आफ्ना पिता भारद्वाज मुनिको आश्रममा रहँदा द्रोण चार वेद र धनुर्विद्यामा पारंगत भएका थिए । द्रोणको जन्म उत्तराञ्चलको राजधानी देहरादूनमा भएको  भनिन्छ, जसलाई हामी देहराद्रोन  अर्थात माटोको कलश पनि भन्छौं । द्रोणले आफ्नो पिता भारद्वाज मुनिकै आश्रममा बसेर अध्ययन गरें र भारद्वाज मुनिको शरीर पछि पनि त्यहीं बसे । वेद, वेदान्तका ज्ञाता हुनुका साथै धनुर्विद्याका पारंगत र तपस्वी द्रोणको ख्याति छोटो समयमा नै चारैतिर फैलियो । विवाह द्रोणाचार्यको विवाह कृपाचार्यकी बहिनी कृपीसँग भएको थियो । उनीलाई कृपारी पनि भनिन्छ । कृपीबाट अश्वत्थामाको जन्म भएको थियो । अश्वत्थामाको जन्म हुँदा द्रोणको आर्थिक अवस्था अत्यन्त दयनीय थियो । यही अवस्थाको कारण अश्वत्थामाले आमा कृपीलाई दूधको माग गर्दा आमा कृपीले आफ्नो छोरो अश्वत्थामालाई पानीमा पीठो मिसाएर दूध भनेर पिउन दिएको प्रसंग महाभारतमा आउँछ । अश्वत्थामाले दुध भन्ठानेर पिउँदै गरेको चिज उनका साथीहरुले दुध नभएको कुरा भन्दै गर्दा आफ्नो पिता द्रोणाचार्यलाई यो कुरा अश्वत्थामाले सोधे । आफ्नो छोराको रहर र आफ्नो आर्थिक अवस्थाले उनी अत्यन्त दुःखित भए । अश्वत्थामाका पिताका रुपमा द्रोण अश्वत्थामा द्रोणाचार्य र कृपीका पुत्र थिए । द्रोण र अश्वत्थामा दुवै मिलेर महाभारतमा अराजक अवस्था सिर्जना गरे । अश्वत्थामा महादेव, यम, काल र क्रोधको संयुक्त अंशबाट उत्पन्न गरिएका थिए भने द्रोणाचार्य हस्तिनापुरका राजकुमारहरुका कुलगुरु थिए । द्रोणको वचन भीष्मपितामहलाई गुरु द्रोणाचार्यले कौरव राजकुमारहरूलाई मात्र धनुर्विद्या सिकाउने वचन दिएका थिए तर उनले अर्जुनलाई महान धनुर्धर बनाएर छोडे । त्यति मात्रै होईन एकलव्यले गुरु द्रोणाचार्यबाट धनुर्विद्या सिक्न खोज्दा उनले आफू शूद्रको गुरु नबन्ने प्रतिज्ञा गरेको कुरा गरे । उनको यस कुरालाई केही समूहले गलत अर्थमा लिएका थिए र समाजलाई विभाजित गर्न खोजेको कुरा गरे । अन्तिममा आफूलाई गुरु मानेको प्रमाणित गर्न उनले एकलव्यबाट गुरु दक्षिणा दायाँ हातको बुढी औंला लिएर अर्जुन भन्दा अर्को महान घनुर्धर पृथ्वीमा नभएको प्रमाणित गर्न समेत चुकेनन् । द्रोणको वध महाभारत युद्धको एघारौं दिनको दिन कर्णको आदेशमा द्रोणाचार्यलाई कौरव सेनापति बनाइन्छ । अश्वत्थामाका पिता द्रोणको बढ्दो शक्तिसँगै, पाण्डव सेनामा त्रास फैलियो । पिता र पुत्र एकसाथ महाभारत युद्धमा होमिंदा पाण्डवहरूको आफ्नो पराजय सुनिश्चित गरे । लड्नु अघि नै पाण्डवहरूको आफ्नो पराजय सुनिश्चित गरेको देखेर श्री कृष्णले युधिष्ठिरलाई भेद ( गोप्य कुरा ) बताई दिए । यस भेद अनुसार अश्वत्थामा नाम गरेको हात्ती मारेर युद्धमा ुअश्वत्थामा मारियो भन्ने कुरा फैलाइयो । यो कुरा सुनेर आहत हुँदै द्रोणाचार्यले  धर्मराज युधिष्ठिरलाई अश्वत्थामाको सत्यता बताउन आग्रह गरे, तब उनले जवाफ दिएः– “नरो वा कुन्दरो वा अश्वत्थामा हतो हतः” भनेर  जवाफ दिए । उनको जवाफ सुनेर आफ्नै पुत्र अश्वत्थामा मारियो भन्ने ठाने र पुत्र वियोगमा परेर आफ्ना हतियारहरू त्यागेर युद्ध मैदानमै विलाप गर्न थाले । उनी शोक मग्न अवस्थामा भएको अवसर पारेर द्रौपदीका भाइ धृष्टद्युम्नले तरवारले उनको टाउको काटिदिए र यसरी द्रोणचार्य मारिए । गुरु द्रोणको आश्रम गुरु द्रोणको आश्रम हस्तिनापुरमा थियो । उनले हजारौं चेलाहरूलाई धनुर्विद्या सिकाए । ती चेलाहरूमा पाण्डु पुत्र पाण्डवहरुको नाम विशेष गरी लिइएको छ । गुरु द्रोण युद्ध सम्बन्धी सबै प्रकारका शिक्षा प्रदान गर्नमा माहिर थिए । उनको आश्रम भारतका १६ आश्रम मध्ये एक थियो । कुरु जिल्लामा घोडा सवारी, तीरंदाजी र अन्य हातमा र डिवास शिक्षाको लागि मुख्य आश्रम थियो । यद्यपि, यहाँ ज्योतिष, चिकित्सा र वैदिक ज्ञान पनि सिकाइन्थ्यो । द्रोणाचार्य द्वापार युगका कौरव र पाण्डवका गुरु थिए । आज पनि उनलाई उत्कृष्ट शिक्षकको श्रेणीमा राखिन्छ र ठूलो सम्मानका साथ उनको नाम लिईन्छ । द्रोणाचार्यलाई उनको युगको सर्वश्रेष्ठ शिक्षकको रुपमा पूजिन्छ र सबैभन्दा राम्रो धनुर्धारी गुरु भएकै कारण द्रोणको नाम इतिहासमा अजर–अमर छ । संश्लेषण द्रोण दरवारी पंडित,स्वामीभक्त राजदरवारी , योग्य विद्यादाता र तर बदमास शिक्षक थिए । कर्ण प्रतिको ब्यवहार र युद्ध स्वामीभक्ति ! ज्ञान र बुद्धि भएको सत्ता वौद्धिक दलाल । तपाईं ज्ञानी,शिक्षित भएर अरूलाई उपदेश दिन सक्नु हुन्छ जव चमडिका प्रश्न आँउछन, स्वामी शक्तिलाई पछ्याउनु हुन्छ । आधुनिक द्रोणहरू अज्ञानता,असूचनाका कारण मात्रै दास हुँदैन, उनीहरूको अनुवंशमा नै चाकर गुण हुन्छ । थाहा छ,तर जीवनमा उपयोग गर्दैनन् तर शिक्षा दिन सक्छन । खराव शिक्षकले पनि उच्च ज्ञान दिन सक्छ , नजिर हुँन द्रोणाचार्य ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्