IMG-LOGO

बिदाई

 मंगल, जेठ २१, २०८२  – विकास रोक्का मगर

  तिमी जान्छु नै भन्यौ तिमीलाई रोक्न कुनै बहाना बाँकी रहेनन् मसँग ।   अब तिमीबिना रित्तो हुनेछ प्रेमले भरिएको एउटा हृदय एक्लो एक्लो हुने छ समय ।   उदासी बोकेर आँखाहरु हेरिबस्ने छन् – तिमी गएको बाटो‘ तिमीले प्रेमिल स्पर्श गरेका यी औंला पनि एक्लो हुनेछन् । सधैं पर्खिबस्ने यो अंगालो पनि एक्लो हुनेछ – चिस्सो छ कुनै मुर्दाजस्तो‘ तिमी जान्छु नै भन्यौ तिमीलाई रोक्न कुनै बहाना बाँकी रहेनन् मसँग । आखिर जानु नै त छ तिमीलाई । तिमीपछि – तिमीबिना   जितेर आफ्नै जीवनको यो अस्वभाविक मरुभूमि एक्लो कुनै क्याक्टस् बाँचुला र यतैकतै ‘नहारे’ जसरी दैनिकी गुजारुँला । उभिऊँला कुनै एक्लो रूख कुनै एक्लो चौतारो या कुनै एक्लो किनार । यो समय थरथर थरथराइरहेछ ओंठ टिल्पिल टील्पल टिल्पिलाइ रहेछन् आँखाहरु । गह्रौंगह्रौं जस्तो आभास भइरहेछ । भासिएजस्तो धर्ती, खसेजस्तो आकाश– उकुुसमुकुस केही न केही त भइरहेछ मभित्र । र पनि बुझेको छु – जानेहरुलाई मुस्कान दिएर बिदा गर्नुपर्छ मैले थाहा छ– आँसुले रोक्न नसकेको बाटो मुस्कानले रोक्छ कहिलेकाहीं ! सायद – तिमी पनि जान्दछौ यो कुरा । प्रिया ! तर जानु भन्दाअघि सुन न यो आँसुको डरलाग्दो दन्त्यकथा । कि तिमी जान्छु मात्र भन्दा पनि किन यसरी भत्किरहेछु म ? किन यसरी खसिरहेछ पहिरो मभित्र ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्