म हेर्छु चारैतिर त्यो देखिएको पहाड पर झन् पर... सर्छ पोथ्रापोथ्री रुखहरु पाइला पछि छोडिन्छ बसन्तले कहिले बास बस्ला ? मलाई दुःख लाग्छ मैले हिडेको पाइला पनि लु लागेर मेटिएछ यो बलौटे आकाश मुखभरी बालुवा खाँदेर अनिकाल टार्दैछ बालुवा बालुवाले मेरो आँखालाई चिथोरेको छ ! कोपरेको छ ! ! कतै पोखरी र दह भेटिंदैन ? कतै पानीको थोपा पाइएन ? अहो १ यो मरुभूमिमा छाम्छु गोजीमा बालुवा छ र, म बालुवाको मान्छे फगत बालुवा थुप्रेको बस्तीमा बालुवाको घर छ र यो शहरभरी म हेरिरहेछु — चारैतिर — बालुवा...... बालुवा छ ।
