सानो सानो मान्छे छु म ठूलो कुरा छ मेरो । हजुरबाको काखमा बस्छु बसेजस्तै चमेरो ।। म त घरि खेल्न जान्छु घरि पढ्न जान्छु म। हजुरबालाई साथै लान्छु भनेको नि मान्छु म ।। सायशा हो मेरो नाम सानी, सानी छु के म। हजुरबाले भन्नुहुन्छ साह्रै ज्ञानी छु रे म ।। मेरा बाबा–आमा मलाई साह्रै माया गर्नुहुन्छ । म नि धेरै ज्ञानी छु रे हजुरबाले भन्नुहुन्छ ।। हजुर आमा मलाई देख्ता खुबै धेरै हाँस्नुहुन्छ । दुःखदर्द बिर्सिएर सधैँजसो नाच्नुहुन्छ ।।
