बा को छाती छेडेको गोलीले आमाको सिउँदोमा लागेको घाउ अझै निको भएको छैन बारुदका गन्ध ।।।ह्वास आउँछ आलो रगत ठुस्स गनाउछ आमाले आफ्नो आधा अंग गुमाएर ल्याएको गणतन्त्र छोटे राजाहरुले भकुण्डो बनाएर खेलाइरहन्छन् कोहि गोलकिपर बन्छ, कोहि रेफ्री बन्छ कोहि मैदान नै मेरो हो भन्छ ! ढेड दशक देखि बेपत्ता दा-जुको खोजीमा हिडेको भाइ फर्किएको छैन शहरमा ’राजा आउ देश बचाउ’को नारा फर्किरहेछ आन्दोलनले तातेको सडक चिस्सिएको छैन सडकभरी बेबारिसे चप्पल अझै भेटिन्छ -फोहरको थुप्रामा ढाका टोपिका टुक्राहरु भेटिन्छन् कहि कतै बैनीहरुको पछ्यौरी भेटिन्छन् कहि कतै मानव कंगालहरु भेटिन्छन् दशकौं बितिसक्दा पनि युद्ध घाउ पुरिएको छैन -लोकतान्त्रिक शिशु हुर्कन नपाउदै निरंकुशताले झम्टिरहेको छ जनता युद्धको घाउ सुम्सुमाउदै छन्
