IMG-LOGO

पाण्डव कि आमा कुन्तीबारे

 मंगल, असोज १३, २०७७  आर एल श्रमजीवी

महाभारत ग्रन्थमा कुन्ती महत्वपूर्ण पात्र हुन् । उनी पाण्डवहरू कि आमा थिइन् । हिन्दु समाजमा कुन्तीलाई पञ्च(कन्या) मध्ये कि एक कन्या मानिन्छ र उनलाई चिर(कुमारी) पनि भनिन्छ । कुन्ती वासुदेवकी बहिनी र भगवान कृष्णकी फुपू थिइन् । उनी महाराज शूरसेनकी पुत्री भए पनि उनलाई नागवंशी महाराज कुन्तीभोजले पुत्रीको रुपमा ग्रहण गरेका थिए । त्यसैले उनैको नामबाट यीनको नाम कुन्ती रहन गयो । यिनी हस्तिनापुर नरेश महाराज पाण्डुकी पहिलो पत्नी हुन् र यिनको अर्को नाम पृथा पनि हो । कुन्तीलाई महर्षि दुर्वासाले उनको सेवाबाट खुशी भएर वरदान दिएका थिए जसमा कुन्तीले कुनै पनि देवताको आराधना गरेर ती देवताहरूबाट सन्तान जन्माउन सक्थिन् र त्यसरी सन्तान जन्माए बापत उनलाई चारित्रिक हत्या समाजले गर्ने छैन अर्थात उनको वरदान अनुसार यी काम गोप्य रुपमा हुने थियो । एक पटक राजा पाण्डु आफ्ना दुई पत्नीहरू कुन्ती र माद्रीका साथ शिकारको लागि वन गएका थिए । त्यहाँ उनले मृगको जोडी देखे । पाण्डुले तुरुन्तै आफ्नो धनुमा ताँदो चढाएर काँड मृगलाई ताकेर प्रहार गरे । काँढ गएर सोझै मृगलाई लाग्यो तर ढल्दा ऋषि ढले । आफ्नो रुप परिवर्तन गरी मृग रुप धारण गरी यौन समागममा रहेका घाईते ऋषिले श्राप दिंदै पाण्डुलाई भने, हे राजन ! तिमी क्रूर मानिस रहेछौ, तिमीले यौन समागम ग¥यौ भने तत्क्षण यो संसार छोड्नु पर्छ र म जस्तै यौन समागममा तृप्त नहुँदै तिम्रो पनि प्राण जानेछ । ू यस्तो श्रापले पाण्डु साह्रै दुःखी भए र आफ्ना रानीहरूलाई भने, “महारानीहरू ! अब म मेरा सबै चाहनाहरू त्यागेर म यो जंगलमा बस्छु, तिमीहरू हस्तिनापुर फर्किए हुन्छ ।” राजाको यस्तो कुरा सुनेपछि दुबै रानी दुःखी भएर भने, “हे नाथ ! हामी तँपाईं बिना एक क्षण पनि बाँच्न सक्दैनौं । कृपया हामीलाई जंगलमा तँपाईंसँगै राख्नुहोस् । ” पाण्डुले उनीहरुको अनुरोधलाई स्वीकार गरे र उनीहरुलाई जंगलमा आफूसँगै बस्न दिए । एक समय राजा पाण्डुले अमावस्याको दिन ऋषिमुनिहरु ब्र ह्मालाई भेट्न गएको देखे । उनले पनि ती ऋषिमुनिहरूलाई आफूलाई पनि साथ लैजान आग्रह गरे । उनको अनुरोधमा ऋषिमुनिहरूले भने, “राजन ! निःसन्तान पुरूषलाई ब्रह्मलोकमा जान अधिकार हुँदैन, त्यसैले हामी तिमीलाई आफूसँगै लैजान असक्षम छौं ।” ऋषिमुनिहरूको यस्तो कुरा सुनेपछि पाण्डुले आफ्नी रानी कुन्तीलाई भने, “ हे कुन्ती, मेरो अवस्था एकदमै खराब हुँदै गइरहेको छ । मृत्यु भयो भने पनि निःसन्तान भएका कारण स्वर्गमा ठाउँ हुन्न रे ! मैले ईश्वर प्राप्त गर्न र यो शरीरबाट आत्माले मुक्ति पाउन सन्तान नभई नहुने रहेछ । के तिमीहरुले मलाई छोरा प्राप्त गर्न मद्दत गर्न सक्छौ ? ” कुन्तीले विवाह हुनु अघि ऋषि दुर्वासाको वरदानलाई परीक्षण गर्नको लागि सूर्य देवतालाई पुकार्दा कुन्तीले सूर्यबाट छोरो जन्माएकी थिइन् जसलाई लोक लाजका कारणले नदीमा बगाइएको थियो । उनले त्यही कुरा सम्झिएर पाण्डुको कुरा सुनिसकेपछि केहीबेर गम्दै भनिन् “हे आर्यपुत्र, दुर्वासा ऋषिले म सानै हुँदा मेरो सेवाबाट खुशी भएर मलाई त्यस्तो एउटा मन्त्र दिएका छन् जसद्वारा म कुनै पनि देवताको आव्हान गर्न सक्छु र चाहेको चीज प्राप्त गर्न सक्छु । तँपाईंले मलाई कुन देवता बोलाउने आज्ञा दिनुहुन्छ ापका कारण मृत्यु वरण गर्न पुगें । माद्री उनीसँग सती गईन् । कुन्ती नाबालक छोराहरुको पालनपोषणका लागि हस्तिनापुर फर्किन् । विवाहित जीवन वास्तवमा कुन्तीको विवाहित जीवन आनन्दमय भएन । शुरुका केही खुशी पाए तापनि पछि उनका श्रीमान ऋषिबाट श्रापित भएपछि उनी चिन्तित भइन् बिरामी पनि परिन् । वैवाहिक जीवनको सुखभोग उनलाई प्राप्त भएन । सहवास गर्दा पाण्डुको मृत्यु हुने श्रापका कारणले पति सँगै भए पनि पतिबाट प्राप्त हुने शारिरिक सुख कुन्ती र माद्री दुवैले भोग्न पाएनन् । पाण्डुको मृत्यु पश्चात जब जङ्गलमा रहेकी कुन्तिलाई ऋषिहरूले साना पाण्डवहरूसहित हस्तिनापुर राज्यमा लगेका थिए । त्यहाँ उनलाई स्वागत सत्कार मात्रै होईन उचित स्थान पनि दिएनन् । कुन्तिलाई हस्तिनापुर दरबारमा पाण्डुलाई मारेको शंकाले हेरेका थिए र उनीसँग भएका बच्चाहरूलाई पाण्डुका अवैध बच्चाहरू ठानेर आपत्ति जनाईएको थियो । त्यति मात्रै होईन नाबालक पाण्डहरुलाई विभिन्न तरिकाले यातना दिइयो । उनलाई उनका छोराहरूसँग ‘वाराणावत’ पठाइएको थियो र तिनीहरूलाई एक भवनमा राखिएको थियो जुन भवन लाहाको थियो र कुनै पनि समय आगोले खान सक्थ्यो । यो बुझेका महात्मा विदुरको कौशलताले गर्दा उनी लगायत उनका पाँचभाइ छोराहरु संकटबाट बच्न सके । यस अघि जङ्गलमा बस्दा पनि उनले विभिन्न समस्या भोगेकी थिइन् । कर्तव्यपरायण र आज्ञापालक छोराहरू सँगै हुँदा जस्तोसुकै ठूलो कठिनाइहरू पनि सहजै पार गरेको उनलाई अनुभव भयो । यही दुःखको समयमा उनले बुहारी द्रौपदी प्राप्त गरिन् । सहयोगी स्वभाव र बुझक्की भएकै कारण द्रौपदीको आगमनले उनलाई केही सहजता महसुस गरायो । यसैबीच, धृतराष्ट्रले उनलाई हस्तिनापुरमा बोलाएर भाइअंश दिएर अलग रहने प्रबन्ध मिलाए तर त्यो छोटो समयको लागि मात्रै थियो । कुन्तीको पाण्डवहरु निर्वासनमा हुँदाका अवस्था बर्णन गरि साध्य छैन । यी दिनहरु पनि कुन्तिका दर्दनाहक र पिडादायक थिए । कारण र्दुर्यो धनले युधिष्ठिरलाई जुवामा हराएपछि पाण्डव लगायत द्रौपदीलाई निर्वासनमा पठाइयो । यस निर्वासनमा कुन्ती आफ्ना छोराहरू भन्दा टाढा हस्तिनापुरमा एक्लै बस्नुपरेको थियो । यो उनको लागि ठूलो संकट, दुःख र चिन्ताको समय थियो । उनले हस्तिनापुरबाट युधिष्ठिरलाई सन्देश पठाएकी थिईन् । सन्देशमा उनले “ आफू वीरमाता भएकी र पाण्डुकी वीर पत्नी पनि भएको हुँदा उनी आफ्ना छोराहरूले दुःखमा आत्म–सम्मान गुमाएको हेर्न चाहँदिनँ ।” भनेकी थिइन् । कुन्ती धर्मात्मी र तपस्वी महिला थिइन् । उनी हस्तिनापुर राज्यकी रानी र इन्द्रप्रस्थ राज्यकी आमा थिइन् । महाभारतको युद्धपछि पाण्डवहरुले राजकाज सम्हालेपछि उनी पनि गन्धारी र धृतराष्ट्रसँगै बनवास गइन् । किनकि जन्मान्ध धृतराष्ट्र र आँखाको पट्टी नखोलल्ने बाचा गरेकी गान्धारीलाई उनको साथ र सहयोगको आवश्यकता थियो । कर्तव्यको अगाडी उनलाई दरबारिया सुखले बाँध्न सकेन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्