प्राणी जगतको एक सर्वश्रेष्ठ प्राणी जसमा ज्ञान बिज्ञान, बुद्धी बिवेक सहि गलत, राम्रो नराम्रो, लाज घिन तातो चिसो, दुःख सुख न्याय अन्याय सबै छुट्याउन सक्छ यि सबै गुण भएको प्राणी सामाजिक प्राणी मान्छे !! सृस्टि पछिको बिकासक्रमसंगै तिमी बिकसित हुँदै जादा एकबाट दुई बन्यौ परिवारलाई समाज बनायौ जंगललाई शहर बनयौ शहरै शहरको देश बनायौ अनी नियम बनायौ, कानुन बनायौ अनि सजाय पनि आँफै बनायौ धर्म बनायौ, जात बनायौ अनि सबै जातिको औकात् बनायौ ठुला ठुला घर बनायौ, शहर बनायौ पलभरमै संसार घुम्ने मोटर बनायौ त्यो सबै कला भएको प्राणी सामाजिक प्राणी मान्छे !! संस्कार बनायौ, सँस्क्रिती बनायौ जन्मदेखि मृत्यु सम्मको रिती बनायौ यहाँ धर्म आँफै बनायौ अनि मन्दिर बनायौ, मस्जिद बनायौ गुम्बा बनायौ अनि चर्च बनायौ बनाउदा बनाउदै मन्दिरमा राख्ने भगवान समेत बनायौ हो जब देखि भगवान बनायौ अनि तिम्रो भगवानलाई तिम्रै खुशिले पूजा गर्न थाल्यौ मन लाग्दो फल चढायौ जल चढायौ फुल चढायौ, अनि भेटि चढायौ तिम्रो भगवानलाई जगत चढायौ चढाउदा चढाउदै तिम्रो भगवान खुशी पार्न पशुपंक्षीको रगत चढायौ अझै भनौ तिम्ले आफ्नो पाप कटाउन निर्दोश प्राणीको सिर काट्यौ फेरी गनिन्छौ तिमी सामाजिक प्राणी मान्छे !! ए भगवान मान्ने मान्छे तिमीले सुनिरहेको कुरो होइन र ? यो जगतका सबै प्राणी भगवानकै सृस्टि हुन भनेर ? अनि सृस्टिकर्ता भनेकि आमा होइनन र ? एउटै आमाको जेठो सन्तान तिमी मान्छे त्यसपछिका अरु प्राणी एकछिन सोचौ त आफु जेठो भएर, आफुभन्दा सानो आफ्नो कान्छो भाईको सिर काटेर आमालाई रगत चडाउदा कुन आमा खुशि होलिन र ? एउटि आमाको लागि सबै सन्तानको बराबरि माया हुन्न र ? फेरि भन्छै तिम्रो भगवानलाइ गाई चल्दैन, बोका चल्छ सुंगुर चल्दैन, परेवा चल्छ बाघ, हाती, कुकुर, बिरालो किन चल्दैन ? जुन प्राणीमा तिम्रो पहुच पुग्यो त्यो सजिलै चल्यो आखिर मासु त सबैको एउटै होइन र? रगत सबैको रातै हुन्न र ? यो सबै चल्ने नचल्ने तिम्रो नियम हो धर्मग्रन्थ, नियम कानुन सबै लेख्न सक्ने सक्छौ भने गाई काट्नेलाई मात्रै होइन कुखुरा, बाख्रा, सुंगुर भैसी अनि अरु सबै जनाव काट्न नपाउने कानुन बनाउ गाइलाई मात्रै सम्रक्षण गर्ने तिम्रो कानुनले अरु जनावरको बाँच्नपाउने अधिकार खोसिरहेको छ अलिकति मानबता बाँकी छ कतै भने आफ्नो जस्तै प्राण सम्झिन सक्नुपर्छ ति सबै तिम्रै हातमा भएको तिमी मान्छे अझैपनी सर्वश्रेष्ठ सामाजिक प्राणी मान्छे !! अझै भनौ नेपालका मान्छे !!
