IMG-LOGO

एउटा टुहुरो मान्छे

 मंगल, भदौ २५, २०८१  – आहुति

यो भर्खरै हातगोडा पलाएको र आँखा सिमसार जस्तै रसाएको चुटुक्क अनुहार लिएर, अन्धकार भवि बोकेर तिमीलाई हेरिरहने सानो मान्छे पढेकाहरुले मलाई अनाथ भन्छन् र नपढेकाहरू भातेभुते भन्छन् म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला म पनि जन्मँदा ईशारा गएझैँ रोएथेँ हुँला घिच्रो अठ्याएर मार्न नसकेर हो कि ? कलिला हातगोडा सलबलाएको देखन नसकेर हो कि ? कतै ढुंगाको गब्देरोमा र कतै मसानको छेवैमा मलाई थपक्क फालेर फर्कदा मैले पनि त्यो आईमाईको फरियामा झुन्डिन खोजे हुँला ! को होली त्यो निष्ठुर आईमाई ? को होला त्यो लाचार लोग्नेमान्छे ? सडकमा कुनै आईमाई या घरानियाँ कुमारी पन्छिएर हिँड्दा मलाई आफ्नो बच्चा भन्न नसकेर भित्रभित्रै रोएझैँ लाग्छ समाजका भुँडीवालहरू नजिकैबाट हिँड्दा पनि आमासँग जोडिएको नाइटोको नसा चुडाल्ने भनी झम्टन मन लाग्छ गाउँको मुखिया देखे पनि र शहरका पाखन्डीलाई भेटे पनि मेरो अनुहार योसँग मिल्छ कि भनेर दाँज्न मन लाग्छ यसरी आफ्न आफन्तबाट फालिएर र आफ्नै सुरमा आशा पनि थाम्न नसकेर र निराशा पनि बोक्न नभ्याएर कतै देवलको भित्र कुनामा कतै गाउँको थोत्रो पौवामा लडिरहेको मलाई कसैले चेपारे घसेर ‘बाबु नानी’ भनेर नबोलाऊ म मलाई फ्याँक्ने ती जोडीलाई सम्झना थाल्छु म त्यस्ता आफन्तको साइनोलाई थुक्न थाल्छु म सिङ्गो भएर पनि किन हो किन अपुरो भएको छु मेरो कोही छैन यो संसारमा म टुहुरो भएको छु ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्