महाभारतका कथाका केही पात्रहरू कथाको शुरु देखि अन्तिम सम्म रहन्छन् । ति प्रमुख पात्रहरुलाई धेरै मानिसहरूले चिनेका जानेका छन् । तिनै मध्येका एक प्रमुख पात्र हुन् धृततराष्ट्र । महाभारत युद्ध धर्मयुद्ध हो । धर्मको पक्ष र विपक्षमा भएको त्यो युद्धमा धृतराष्ट्र अधर्मका पक्षमा उभिएका थिए । महत्वाकांक्षी र अधर्मी राजाका रूपमा महाभारतमा धृतराष्ट्रको चरित्र चित्रण गरिएको छ । महाभारत कथाका प्रमुख पात्र जसको महाभारत युद्धको अन्त्य सम्म उनले खेलेका भुमिका बारे चर्चा गर्ने हो भने एउटा किताब नै बन्न सक्छ । यो लेखको आसय छोटकरीमा उनकाबारे जानकारी दिनु मात्र हो । धृतराष्ट्र अम्बिकाका छोरा थिए, हस्तिनापुरका महाराजा विचित्रवीर्यकी पहिलो पत्नी अम्बिका हुन् । बिचित्रबिर्यको मृत्यु पछि महर्षिवेद व्यासको वरदानका रूपमा धृतराष्ट्र जन्मिएका हुन । उनी जन्मजात दृष्टिविहिन थिए । हस्तिनापुरका यी दृष्टिविहिन साँच्चिकै ज्ञान र राज्य सञ्चालनमा अन्धा महाराजका रुपमा चिनिन्छन् ।उनका एक सय एक छोरा र एक छोरीहरु थिए। उनकी पत्नीको नाम गान्धारी थियो । ति सयौं छोरालाई कौरवका रूपमा महाभारतमा वर्णन गरिएको छ । दुर्योधन र दुशासन क्रमशः दुई छोरा चर्चित थिए। धृतराष्ट्रको एक अनैतिक छोरा थिए जो युयुत्सु भन्ने सुगन्धा नामकी दासीबाट जन्मिएका थिए । सुगन्धा गान्धारीको मुख्य दासी थिई। जब गान्धारीको गर्भमा दुर्योधन थिए । त्यो बेला गान्धारीले धृतराष्ट्रको स्याहार सुसार गर्न सकिनन् ।त्यहीँबेला धृतराष्ट्र दासी सुगन्धासँग लसपस भो । धृतराष्ट्र सोच्थे कि रानी गान्धारीलाई गर्भधारण गर्दा गाह्रो हुने भो । दुई बर्ष सम्म पनि गर्भ बोकेको बोक्यै गर्दा सन्तान नहुने हो कि भन्ने चिन्ता राजालाई थियो । कतै पाण्डु पुत्र हस्तिनापुर राज्यको उत्तराधिकारी बन्लान् भन्ने पाप सोचेर राजा धृतराष्ट्रले सुगन्धा दासीसँग अबैध सम्बन्ध राखेको प्रतिफल हो युयुत्सेको जन्म । युयुत्से आफ्ना एक सय भाइ युद्धमा मर्दा पनि उनी बाँचेका थिए । उनी धर्मात्मा थिए । युद्धको समयमा युधिष्ठिरको आह्वानले उनले पाण्डवलाई साथ दिएका थिए । महाभारत युद्धमा पाण्डवका हतियार व्यवस्थापनको जिम्मेवारी युयुत्सेलाई दिइएको थियो । महाभारत युद्ध सकिएर जब पाण्डवहरु जब स्वर्ग गए युयुत्सुलाई राजा परिच्छेदको अभिभावक बनाइएको थियो । धृतराष्ट्र एक महत्वाकाँक्षी राजा थिए जसले सधैं आफ्ना भतिजा पाँच पाण्डवलाई अन्याय र अपमान गरे। यति कि आफ्ना महामन्त्री बिदुरलाई एक पल्ट पाण्डवसँग मिलेको आरोप लगाउँदै राजभवनबाट निकाली दिएका थिए । धृतराष्ट्र कुरुराजवंशमा जन्मिएका हस्तिनापुरका सर्वशक्तिमान तर अविवेकी पापी राजा हुन् । महाभारत युद्धमा सय छोरा गुमाए पछि उनले भिमलाई मार्न खोजेका थिए । यो कुरा भगवान श्रीकृष्णलाई थाहा थियो र पो धृतराष्ट्र क्रुर भई अँककमाल गर्दा भिमलाई भगवान श्रीकृष्णले रोक्दै भिमका रूपमा पुत्ला अगाडि सारेका थिए । त्यही पुत्लालाई धृतराष्ट्रले क्रुद्ध भई च्यातेका थिए उनै पापी धृतराष्ट्रको आमाको नाम अम्बिका हो भने भाइहरु पाण्डु र विदुर हुन । धृतराष्ट्रको रानीको नाम गान्धारी हो । उनीलाई म त जीवनसाथी गांधारी भन्न चाहान्छु किनभने ऊनी आँखा देख्न सक्ने भएर पनि आफ्नो लोग्ने जस्तो दृष्टिबिहिन बन्न जीवनभर आँखामा पट्टी लगाइन । धृतराष्ट्रका १०२ सन्तान थिए (एक अनैतिक छोरा युयुत्से सहित ) एक सय एक छोरा कौरव पक्ष भनिन्छ र एउटी मात्र छोरी दुशाला हुन् । धृतराष्ट्रको जन्म कहानी यस्तो छ (आफ्नो छोरा विचित्रवीर्यको मृत्युपछि आमा सत्यवतीले आफ्नो परासर ऋषिबाट जन्मिएको जेठो छोरा व्यासलाई हस्तिनापुर राजदरबारमा बोलाइन र सन्तान उत्पत्तिको आदेश दिइन । आफ्नी आमाको आदेशलाई मानी व्यास मुनि विचित्रवीर्यका दुबै पत्नीहरूसँग गए र उनलाई आफ्नो यौगिक शक्तिले छोरा जन्माउने वरदान दिए । उनले आफ्नी आमालाई भने कि उनले ती दुई रानीहरू एक(एक गरी उनीहरूलाई पठाउँछन् र उनको छोरो जस्तो देखिनेछ। सुरुमा, रानी अम्बिका कोठामा गइन् तर व्यासजीको भयानक रूप देखेर डराइन् र समागमका बेला डरले आँखा बन्द गरिदिइन। यसैले, उनको अन्धो धृतराष्ट्र जन्मियो। धृतराष्ट्र अन्धो भएका कारण उनका भाइ पाण्डु हस्तिनापुरका महाराज नियुक्त भए। पाण्डुको मृत्यु पछि उनी हस्तिनापुरका महाराज बनेका थिए । धृतराष्ट्रले पुत्रमोहका कारण राज्यसभामा उनका जेठा छोरा दुर्योधनका सबै पापहरूको समर्थन गरेका थिए । धृतराष्ट्र अशक्त मात्र होइनन् जीवनभर दुःखद परिस्थितिमा बाँच्ने पात्र हुन । बाहिरी रूपमा ऊनी दृष्टिबिहिन थिए नै भित्र स्वाःर्थका साथै आफ्नो छोरा दुर्यधनले जे जस्तो अनैतिक काम गरे पनि छोरा कै पक्षमा थिए । यसैले हाम्रो समाजमा सबैभन्दा अधर्मीहरूलाई पनि धृतराष्ट्र भन्ने गरिन्छ । बढी पुत्र मोह हुने बाउलाई पनि कस्तो धृतराष्ट जस्तो भनिन्छ ।
