IMG-LOGO

गर्छिन् पुकार आमा

 मंगल, माघ ४, २०७८  म. वी. वि. शाह

कविता गर्छिन् पुकार आमा रोई कराई जोडले हैन मेरो भन्छिन् सन्तान थरीथरीका कोही धनी असाध्य कोही गरीब माग्ने सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका नाङ्गो छ आङ कहीँ कहीँ पोसाक मखमल सक्दिनँ हेर्न भन्छिन् सन्तान थरीथरीका   सुनको थाल काहीँ, काहीँ छ पात खाली सक्दिनँ सुन्न भन्छिन् सन्तान थरीथरीका   भन्छन् महल कसैका काहीँ छ चुथ्रो झुप्रो सक्दिनँ सहन भन्छिन् सन्तान थरीथरीका  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्