बनेपा वडा नं. ७, पिता ज्योति प्रकाश सैंजु ÷ माता इन्दिरा सैंजुको छोरी ई. ज्योत्सना सैंजुको जन्म २०४० चैत्र ५ गते भएको हो । होटल एशोसियसन काभ्रको उपाध्यक्ष एवं होटल प्रिन्सिसेसको सञ्चालक समेत रहेकी ज्योत्सना पर्यटन व्यवसायीकोरुपमा परिचित हुनुहुन्छ । ३ महिना अघि मात्र स्थापना भएको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य हुनुभएको हो । उज्यालो पार्टीको अध्यक्ष भने कुलमान घिसिङ हुनुहुन्छ । आगामी फागुण २१ गते हुने निर्वाचनमा ज्योत्सना सैंजुले काभ्रे प्रतिनिधि सभा क्षेत्र २ मा उम्मेदवारी दिनुभएको छ । २०८२ माघ १० गते उम्मेदवारी दर्ता गराउनु भएकी सैंजु सहित काभ्रे क्षेत्र नं २ मा २४ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् । आगामी फागुण २१ गते हुने निर्वाचनमा यहाँको उम्मेदवारी किन ? विजयी हुने आधार के छन् ? भन्ने सवालमा रेडियो एवीसीमा काभ्रे क्षेत्र नं. २ का उम्मेदवार एवं उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य समेत रहनुभएकी ज्योत्सना सैंजुसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नं. २ मा यहाँको उम्मेदवारी किन ?
देशमा सुशासन, समृद्धि र सामाजिक न्यायका लागि हाम्रो उज्यालो नेपाल पार्टीको स्थापना भएको हो । आर्थिक रुपान्तरण, नागरिकहरुको विकास र समृद्धिको चाहनालाई पुरा गर्न नयाँ पार्टीहरुको जन्म भएको हो । बहुदल स्थापना पछिको ३६ वर्ष सम्म ठूला भनिएका कांग्रेस, एमाले र माओवादी पार्टीका शिर्ष नेतृत्वको कुशासनले जेन–जी आन्दोलनको उदय भयो । कांग्रेस एमालेको सरकार रहेन् । देश अस्तव्यस्त भयो । देशमा शान्ति अमन चयन, शुशासन, स्थायित्व, बिकास नै हाम्रो मुल लक्ष्य हो । उर्जा क्षेत्रको दीगो विकास गरी एसियन कन्र्टी मै नमुना बनाउने हाम्रो मुख्य लक्ष्य छ । कर्मचारी तन्त्रलाई देश र जनताको सेवक बनाउन, विकासको गतिशिलताका लागि राम्रोनीति, ढिला सुस्तीको अन्त्य गरी देशमा सुशासन कायम गर्न मेरो उम्मेदवारी हो ।
पर्यटन व्यवसायी, आइटी इन्जीनियर आपैm कम्पनी सञ्चालन गरेको व्यक्ति किन राजनितिमा आउनुभयो ?
म होटल व्यवसायी, पर्यटन व्यवसायी र आइटी इन्जीनियर पनि हो । आइटीको साप्mवेयर कम्पनी पनि सञ्चालन गरे, रोटरी क्लब अफ धुलिखेल, काभ्रे, महिला उद्यमी मञ्च र सहकारी अभियानमा समेत नेतृत्वदायि भूमिका रही कार्य गरे । आइटी इन्जीनियर भइ २ वर्ष जति कार्य गरे, होटल एशोसियशन काभ्रेको उपाध्यक्ष, आइडी बैंकमा आइटी अफिसर भइ कार्य गरे । सामाजिक संघ संस्थामा लागि सामाजिक सेवा गरेको अनुभव छ । २०४६ सालको परिवर्तन सँगै बहुदलीय व्यवस्था, २०६२÷०६३ मा जनआन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । कांग्रेस, एमाले, तत्कालिन माओवादी केन्द्रले सत्ताको बागगडोर सञ्चालन गरे व्यवस्था परिवर्तन भयो । जनताको अवस्था, गरिवी वेथिति, भष्टाचारको चरम सिमा नाघ्यो, सत्ताको लागि छिनाझम्टी गर्ने, विगत ३६ वर्षमा ३० वटा प्रधान्मन्त्री सरकार फेरवदल भयो । देशमा सुशासन र पादर्शीता नागरिकहरुले पाउनुपर्ने सेवा सुविधा प्राप्त गर्न सकेनन् । युवा जनशक्ति विदेश पलायन भए । वेथिति विसंगतिको चाङलाई चिर्न युवा जनशक्तिलाई देशमै रोजगार दिन अब देश युवाले चलाउनुपर्छ । व्यापार व्यवसाय उद्योग धन्दा सञ्चालनमा लगानी गर्ने वातावरण तयार गर्न अवश्यक छ । त्यसको लागि राम्रो ऐन नीति आवश्यक छ । कर्मचारी र भ्रष्ट नेतालाई कानुनी कठाघरामा उभ्याउन नसकिन्जेल देश समृद्ध बन्न सक्दैन । उर्जा उत्पादनबाट देशलाई समृद्धीको मार्गमा अघि बढाउन सकिन्छ भन्ने दरविलो उदाहरण बन्नुभएका पूर्व उर्जामन्त्री कुलमाल घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष हुनुहुन्छ । अचाक्ली भाषण गर्ने नेताहरुको हैसियत देखियो अब काम गर्ने नयाँ युवा शक्तिको पार्टीलाई बहुमत दियौं । उहाँको कार्यबाट आम जनता र म पनि प्रभावित भएँ । देशलाई कुलमान घिसिङ जस्तो नेता आवश्यक छ । देश बनाउने पार्टीको अभियानकर्मीको रुपमा आपूmलाई उभ्याइ देशमा सुशासन, समृद्धि र सामाजिक न्याय स्थापीतका लागि मेरो उम्मेदवारी हो ।
कांग्रेसबाट मधु आचार्य, एमालेबाट अशोक व्याञ्जु नेपाली कम्यूनिष्ट पार्टीबाट बसुन्धरा हुमागाई, रास्वपाबाट बदन भण्डारी तपाँर्ई लगायत २४ जना उम्मेदवार मैदानमा उत्रनु भएको छ, यहाँको प्रतिस्पर्धा को सँग हुन्छ ?
कांग्रेसका मधु आचार्य, एमालेका अशोक व्याञ्जु, नेपाली कम्युनिष्ट पार्टीका बसुन्धरा हुमागाइ सँग चुनावी मैदानमा उत्रन पाउनु अहोभाग्य ठानेको छु । कांग्रेसका मधु आचार्य दूई पटक चुनावी मैदानमा आइसक्नु भएको परिक्षण भइ सम्नुभएको हो । एमाले कांग्रेसले मिलेर देश सञ्चालन गरे कै हो । जेन–जी आन्दोलन उहाँहरुकै शिर्ष नेतृत्वले नै निम्त्याएको हो । देशमा सुशासन ल्याउन सकेको भए यो अवस्था हुँदैन थियो । अब नवयुवाहरु नयाँ पार्टीहरुबाट उठेका उम्मेदवारलाई मतदाताले मतदान गर्नुपर्छ । मेरो प्रतिस्पर्धा रास्वपाका वदन भण्डारीसँग हुन्छ । देश बनाउन उज्यालो नेपाल पार्टीलाई बहुमत दिन आग्रह गर्दछु । काभ्रे क्षेत्र नं. २ म योग्य छु मलाई मतदान गरी विजयी गराउन मतदाताहरुलाई आग्रह गर्दछु ।
तपाँई विजयी हुनुभयो भने काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ मा के के गर्ने योजना बनाउनुभएको छ ?
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ बाट मतदाताले मलाई विजयी गराउनुभयो भने मेरो पहिलो प्राथमिकता भनेककै देशको समृद्ध र विकासलाई अघि बढाउने कार्य गर्छु , असल नीति ऐन नियमको खाँचो छ । प्रतिनिधि सभा सदस्यको कार्य नै देशमा सुशासन ल्याउन बनाउने ऐन कानुन नै हो । पर्यटन क्षेत्रको स्थायित्व र विकास गर्न २०३५ सालको पर्यटन ऐन संसोधन गरी नयाँ ऐन निर्माण गर्नु हो । बहुदल, गणतन्त्र देशमा आयो ऐन कानुन बन्न सकेन । असल कानुन बनाउन मेरो भूमिका हुन्छ । नेपाल विश्वको २० औं सुन्दर देश हो । ८० लाख पर्यटक अट्ने होटल व्यसाय सञ्चालनमा छ । १ करोड पर्यटक भित्रयाउन सकिन्छ । युरोपेली युनीयन, अमेरिका, चीन जस्ता देशहरुसँग प्रत्यक्ष हवाइ मार्ग सञ्चालन हुन सक्नु । युरोपेली युनियनले नेपाली आकाश सुरक्षित छैन भन्नु, वार्षिक ११ लाख मात्र विदेशी पर्यटक भित्रनु सकारात्मक मान्न सकिदैन । भारतमा १ अर्ब ४० करोड, चाइनामा १ अर्व ३६ करोड जनसंख्या छ त्यसको १ प्रतिशत मात्र पर्यटक नेपाल भित्रयाउने नीति पर्यटन मन्त्रालयले लिन सक्छ । त्यसोहुन सरकारको स्थायित्व ५ वर्ष हुनुपर्छ । जनताले पनि एकै पार्टीलाई बहुमत दिनुपर्छ । हवाइ सेवालाई सुदृढ बनाउँदै हवाइ यातायात व्यवस्थापन क्षमता अभिवृद्धि, अन्तराष्ट्रिय मापदण्ड अनुसार नीति निर्माण, देशको मुख्य आयस्रोत पर्यटन क्षेत्र बनाउने कार्य गर्छु । काभ्रेको भौगोलिक क्षेत्रलाई पर्यटन मैत्री बनाउने शिक्षा, सुरक्षा उद्यमसिलता नेतृत्व र राजनीतिक समावेसीकरण, देशमै १० वर्षमा २० हजार मेगाबाट विद्युत उत्पादन गर्ने लक्ष्य अनुरुप, काभ्रेको सुनकोशी तेस्रो लगायत आयोजना निर्माण, कृषिमा आधुनिकीकरण मल, विउविजन सहज बनाउने, उत्पादनमा आत्मनिभर बनाउन लागि पर्ने । राष्ट्रिय राजमार्ग विपी र अरनिको राजमार्गमा निर्माणधिन सडकलाई चाँडो व्यवस्थित गरी बनाउन भूमिका खेल्ने छु । मेरो उम्मेदवारी नै देशमा सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न हो । प्रत्यक्ष उम्मेदवारमा चिम चिन्हमा र समानुपातिक उम्मेदवार चुनाव चिन्ह बाँसुरीमा मतदान गरी विजयी गराउन मतदातालाई हार्दिक आग्रह गर्दछु ।
