IMG-LOGO

शुभकामना काभ्रे टाइम्सलाई

 मंगल, माघ १४, २०८२  – रामसुन्दर देउजा

       काभ्रे टाइम्सले भर्खरै माघ १ गते आफ्नो प्रकाशनकालको २९ वर्ष पूरा गरि ३० औँ वर्षमा प्रवेश गरिसकेको छ । आफ्नो प्रकाशनलाई ३० औँ वर्षसम्म निरन्तर रुपमा प्रकाशन गर्नु पनि ठुलै चुनौती हो । पहिलो अङ्कको सम्पादकीयमा यसले ‘ग्रामीण विकासको लागि संचार कर्म’  भन्ने आदर्श वाक्य बोलेको थियो जुन अहिलेसम्म कायम रहेको देखिन्छ । जतिखेर राजधानीबाट गोरखापत्र कान्तिपुर जस्ता पत्रिकाहरु दैनिक रुपमा प्रकाशित हुन्थे भने विमर्श, दृष्टि, छलफल पुनर्जागरण, चक्षुजस्ता पत्रिकाहरु साप्ताहिक रुपमा प्रकाशित हुन्थे । राजधानीको नजीकै भएर पनि काभ्रेपलाञ्चोक जिल्लाबाट साप्ताहिक रुपमा प्रकाशित हुने अखवारी पत्रिका थिएन । वि.सं. २०५३ सालको माघ महिनादेखि साप्ताहिक रुपमा प्रकाशनको लागि काभ्रे टाइम्स पत्रिका आउँदैछ भन्ने खबर थाहा पाएपछि कताकता मनभित्र खुशी छायो । नभन्दै माघ १ गते पहिलो अङ्कको रुपमा काभ्रे टाइम्स प्रकाशित भएपछि धेरै खुशी लाग्यो । त्यसपछि मैले एउटा लेख लेखें कुलायन पुजा विषयमा अनि एउटा सुझाव पनि साथै लेखें र बनेपाको चारदोबाटोमा भेटेर तत्कालीन प्रधान सम्पादक भरतराज श्रेष्ठलाई थमाएँ । माघ २३ गते मङ्गलबार चौथो अङ्कमा मेरो लेख र सुझाव दुबै छापिए । म फुरुङ्ग भएँ । काठमाडौंबाट प्रकाशित हुन पत्रपत्रिकाहरुमा आफ्नो पहुँच नभएकोले लेखहरु पठाउने आँट गरिन, त्यतिखेर प्रकाशित हुन्थे वा हुन्थेनन् । आफ्नै जिल्लाबाट प्रकाशित हुन लागेको पत्रिकामा पनि भरतराज सर र आर.एल श्रमजीवीजीसँग चिनजान थिएन् । वहाँहरु दुबैलाई कुनै कार्यक्रमतिर देखेको थिएँ तर उहाँहरुले मलाई चिन्नुहुन्थ्यो । मैले पठाएको सामग्री दुबै प्रकाशित भएपछि मेरो खुशीको सीमा नै रहेन । त्यसपछि मित्रता बढेर गयो अनि  बेलाबेलामा लेख, कविता र नियात्राहरु प्रकाशित हँुदै आए । पहिले केही वर्ष त महिनामा १÷२ वटा सामग्रीहरु (लेख, कविता, संस्मरण आदि) प्रकाशित हुन्थे । यस्ले धेरै व्यक्तित्वहरुसँग चिनजानको अवसर समेत जु¥यो । कतै अपरिचित व्यक्तिसंग भेटदा पनि तपाई काभ्रे टाइम्समा लेख्नुहुन्छ हैन भन्नुहुन्थ्यो अनि तपाइँको लेख पढेको छु राम्रो लाग्छ भन्दा मन झनै आनन्द हुने रहेछ । यसरी काभ्रे टाइम्ससँग मेरा सामीप्यता गाँसिदै गयो । अहिले पनि काभ्रे टाइम्स निरन्तर प्रकाशित हुँदै आएको छ । शुरुका दिनमा कति संघर्ष गर्नुप¥यो होला पत्रिका टिकाउन । भुकम्पले हल्लाउन सकेन, कोभिडले रोक्न सकेन काभ्रे टाइम्सलाई जनु निरन्तर छ । यस पत्रिकाले साँच्चै ग्रामीण विकासका लागि संचारकर्म भन्ने जुन आदर्श वाक्य बोकेको छ, त्यसमा अहिलेसम्म अडिग रहेको देखिन्छ । ३० औँ वर्ष प्रवेशको अवसरमा हार्दिक बधाई एवं आगामी यात्राको निरन्तरताको धेरै धेरै शुभकामना ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्