हामी नेपाली जुनसुकै भूगोलको कुनामा रहौँ । तर नेपालको माया पहिला रहन्छ । नेपालको माटो, नेपालको धर्ती, नेपालको आकाश पहीलो रहन्छ र नेपालमा के भइरहेको छ ? सबभन्दा पहिला सम्भवतः जहाँसुकै भएपनि नेपालीहरूले बुझ्छन् । अहिले नेपालमा संकट छ धेरै थरिका कोसिसहरु भइरहेका छन् विदेशी र स्वदेशी कोसिसहरु, केही अहिले प्रधानमन्त्री हुन् खोजिरहेका दुनियाँलाई थाहा छ । जेन्जीहरूको भ्रष्टाचार विरोधी अभियानलाई हाईज्याक गरेर सिंहदरबार र सर्वोच्च अदालत र नेपालका भएका संरचनाहरू आगो लगाउनको लागि गलत मान्छेहरू उत्साहित गरेर प्रयोगगर्ने व्यक्तिहरु अबको प्रधानमन्त्री जसले खरबौं ऋणको भारी नेपाललाई बोकाएको छ । यधपी नयाँ पुस्ताले गरेको परिवर्तनको बलिदान नेपालको ईतिहासमा सुनौलो अक्षरले लेखिने छ ? तर नयाँ पुस्ता (नवयुवाहरूको आन्दोलन) मा टेकेर अपराधिहरूको जत्थाले देश कब्जा गर्यो भने मुलुक वैदेशिक हस्तक्षपको शिकार बन्ने सम्भावना नकार्न सकिन्न । हामी नयाँ पुस्ताको पक्षपाती तर अपराधको होईन । यिनीहरूको हर्कत, ठगीधन्दा हेर्दा यिनीहरुले गरेका क्रियाकलापहरु हेर्दा,जनताहरुलाई रुवाएर ठेला गाडाहरुमा मकै पोल्ने मजदुरहरू हेर्दा, सकुम्बासी मान्छेहरुलाई लखेटेको देख्दा, बिना कुनै योजना उनिहरको बस्ती भत्काउँदा, मानवहरूलाई सडकमा ल्यायर कुल्चिएको देख्दा, विहानीले दिनको संकेत गर्छ हैन र ? कसको लागी गर्ने भन्ने सम्म अत्तोपत्तो नभयको माान्छे कसरी देश हाँक्छन् होला ? उनीहरूले टहराहरु भत्काए कुनै वैकल्पिक योजना बिना लाखौ गरिब र मधेसीहरू जो आफ्नो सिप, कला बेचेर मेहनत गर्थे उनिहरू ईतिहासमा पहिलोचोटी विस्थापित भय यो के गलत होईन र ? सहकारीका मान्छेहरु जसले मकै पोलेर, तरकारी बेचेर, कुचो बेचेर, फलफूल, सब्जी, गिटिटी कुटेर, बेल्चा, गैंतीसँग खेलेर, बालुवा बोकेको पैसा जसले जम्मा गरेको पैसा फिर्ता गर्नु पर्दैन ? करोडौं रूपया अदालतले लियपछि सहकारी पिडितरो रकम सरकारले पनि त तिर्नु पर्छहोला नि ? बाँकी त ठग र लुटेराबाट असुल्ने र कारबाही गर्ने सरकारकै जिम्मेबारी होईन र ? धेरै ठेलागाडाहरु लुटिए, गर्भवती महिलाहरुलाई लात हानियो, बच्चाहरु बिचल्ली भए, उनिहरू रातमा सडकमा बस्न बाध्य भए । संसार भरी मानव जातीको सुरक्षा र उनिहरूरको अधिकार पहिलो प्रथामिक्तामा राखिन्छ त्यसैको लागि विश्वभरीका मानव अधिकाकीरवादी र बुद्धिजिीवीहरू लडिरहेका छन् चिन्त्तत छन् तर नेपालमा यो पालना भएन । त्यसैले दीर्घकालिन भिजन भएको सबै वर्ग, क्षेत्र, जाती, समुदाय, सबै धर्म र लिङ्गलाई समेटेर सबै क्षेत्र र भूगोललाई नेपालमा भएका अल्पसंख्यक जाति, जनजाती, मधेसी, थारू, दलित, विभिन्न धर्मावलम्बी हिन्दु, मुस्लिम क्रिश्चियन, बौद्ध, किँरात जोसुकै धर्मालम्बी हुन् नेपालमा जन्मिएको नेपाली जनतालाई बराबर अधिकार दिने सबै धर्महरूको रक्षा गर्ने, गरिब समुदाय, सबै जातजातिहरूको अधिकारको लागि लड्ने, सँघीयता, धर्म निरपेक्षता र गणतन्त्र र आधुनिक नेपालको जननी नेपाली कम्युनिष्ट पार्टी हो जसको नेतृत्वबाट मात्र नेपालको विकास र समुन्नतिको आशा गर्न सकिन्छ । त्यसैले सम्पूर्ण जनसमुदायले अब बालबालिकाहरूको कत्लेआम गर्ने र सिंहदरबार जलाउने, नेपालका भौतिक संरचनालाई खरानी बनाउनेप्रति सावधान हुन विनम्र अनुरोध छ । यी दुबै देशको लागि घातक छन् । सबै प्रकारका भ्रष्टहरू र निरंकुश बदमासहरूको ठेगान लगाउन र संविधान, संघियता, गणतन्त्र रक्षा र नेपाली समाजको समाजवादको सपनालाई साकार पार्नका लागि प्रचण्ड नेतृत्वको पार्टी नेपाली कम्यूनिष्ट पार्टी ईतिहासले सावित गरेको छ कि भ्रष्ट, देशद्रोही जनविरोधि हर्कतलाई समाप्त गर्न । मुलुकभर तारा चिन्हमा हजुरको अमूल््य मतदान गर्नुस है । तारा चिन्हमा मतदान गर्दा हामी पछुताउनु पर्ने छैन । नेपाल र नेपालीको जय होस् ।
