IMG-LOGO

काभ्रे टाइम्सले देश विदेशमा सुसुचित गरेको छ

 मंगल, माघ १४, २०८२  –  खेमराज रानाभाट महासचिव, नेपाल पत्रकार महासंघ, बेलायत

       मित्र आर.एल. श्रमजीवीको सम्पादकीय नेतृत्वमा स्थापनाकालदेखि नै काभ्रे जिल्ला मात्र होइन, समग्र देश र विदेशमा पनि सत्यतथ्य समाचार, खोज मूलक सामग्री र विविध विषयमा गहन विचार विमर्श सम्प्रेषण गर्दै आएको काभ्रे टाइम्स ३० औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा सम्पूर्ण टिम प्रति हार्दिक बधाई व्यक्त गर्दछु ।        तीन दशकको यस यात्रामा काभ्रे टाइम्सले समाजका आवाजलाई निर्भीकतापूर्वक उजागर गर्दै, स्थानीय सवाललाई राष्ट्रिय विमर्शसँग जोड्ने महत्वपूर्ण सेतुको भूमिका निर्वाह गरेको छ । जनपक्षीय पत्रकारिता, विचारको बहुलता र व्यवसायिक इमान्दारी यसको पहिचान बनेको छ, जुन नेपाली सञ्चार जगतका लागि प्रेरणादायी उदाहरण हो ।        आगामी दिनमा पनि समयको चेतलाई समाजसम्म पु¥याउँदै लोकतान्त्रिक मूल्य, सत्यनिष्ठ पत्रकारिता र सामाजिक उत्तरदायित्वको मार्गमा काभ्रे टाइम्सले अझ सशक्त भूमिका खेलिरहनेछ भन्ने दृढ विश्वासका साथ सफलताको निरन्तर यात्राको शुभेच्छा प्रकट गर्दछु ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्