IMG-LOGO

बालेनलाई भोट हाल्नु भनेको बाबुराम भट्टराईलाई भोट हाल्नु हो

 मंगल, माघ १४, २०८२  – दिल निशानी मगर

       नेपाली जनताको मास सेन्टिमेन्टको यो हदसम्मको दुरुपयोग नेपाली इतिहासमा यसभन्दा अघि कहिल्यै भएको थिएन । आज देशमा जुन एक प्रकारको संकटकालिन परिस्थिति देखिएको छ, यसको गन्ध डा.बाबुराम भट्टराईले बीस वर्ष अगाडि पाइसकेका थिए । देशमा शहरी विद्रोह भएमा परिवर्तन उल्टिन सक्ने खतरा भएको भन्दै बाबुरामले मुख्य दलहरू बाहेकको वैकल्पिक शक्तिको कल्पना गरेका थिए । जसअनुसार विवेकशील नेपाली लगायतका केही दल देखा परे, जसलाई आर्थिक लगानी अदृश्य शक्तिहरूको थियो । बाबुराम विवेकशीलको शुभेच्छुक थिए । राजाले टाउको उठाएमा त्यसको प्रतिवाद पुरातन दलहरूले गर्न नसक्ने बाबुरामको ठहर थियो । दिवंगत उज्जवल थापासँग मैले पनि संवाद गर्ने मौका पाएको थिए । त्यो बेला उनले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक शक्ति निर्माण नगरे निरंकुशतन्त्र फर्किन सक्ने खतरा रहेको बताएका थिए ।        तर बीचमा राजेन्द्र लिङ्देनको उदय भयो । “नेताहरू गाउँ गए भने चोर आयो भन्छन्” भनेर तीन दलका शिर्ष नेताहरूको अगाडि भाषण गरेपछि असन्तुष्ट युवाहरूको ध्यान लिङ्देनतर्फ सोझिन थाल्यो । त्यो बेला राजावादीहरूको माहोल पनि तीब्र हुँदै थियो । पूर्वराजा ज्ञानेन्द्र शाह समेत जनमतसंग्रहको लागि तयारी गर्दै थिए । तर बाबुरामले बीचमा बालेन साह नाम गरेको पात्र जन्माइ दिए । त्यसपछि काठमाडौंमा रहेका दरबारियहरूको शक्ति बालेनतर्फ केन्द्रित हुँदै गयो । यसरी राजावादी शक्तिको टाउकोमा टेकेर बालेनले बाबुरामको रणनिती अनुसरण काम गर्दै आए । केही दिन अघि  बालेन र बाबुरामको प्रत्यक्ष भेट भएको थियो । हिजो बालेनले फोन गरेपछि बाबुरामले गोर्खाको उम्मेदवारी फिर्ता लिए । हिजो मात्रै स्वर्णिम वाग्लेले पनि बाबुरामको प्रशंसा गर्दै बाबुरामसँगको फोटो सञ्जालमा हालेका छन् । केही समयअघि बाबुराम र स्वर्णिम पालैपालो दिल्ली गएर फर्किएका थिए ।        रवि लोकप्रिय मान्छे हुन् । रवि सोझा पनि हुन् । तर रविलाई राजनीतिबारे धेरै थाहा छैन । विदेशबाट फर्किएको मान्छे पैसाको लोभी हुन्छ । लोभको कारण रविले दुःख पाएका हुन् । तर बालेन साह परिचालित मान्छे हुन् । जेनजी बिग्रोहपछि जंगी अड्डामा राजतन्त्रको विकल्प प्रस्तुत भएको थियो । तर बालेनले मानेनन् । कारण बाबुराम । शितल निवासमा शुसिला कार्कीको सपथ ग्रहण समारोहमा अरू कोही पूर्वप्रधानमन्त्री उपस्थित भएनन्, तर बाबुराम उपस्थित थिए । कारण बालेन । संसद विघटनको माग पनि बाबुरामकै हो, किनभने उनी यो संसदमा थिएनन् । अहिले नेपालको शासन–सत्ता शेरबहादुर, केपी, प्रचण्ड कसैको हातमा छैन । ज्ञानेन्द्र र शुसिलाको हातमा पनि छैन । नेपालको शासन–सत्ता मूलतः “इन्डो–अमेरिकन ग्याङको” हातमा पुगेको छ । दरिद्रता र अज्ञानताबाट ग्रसित नेपाली कलाकार, सोकल्ड सेलिब्रिटीहरू पनि यही ग्याङको हिस्सेदारी बन्न पुगेका छन् ।        मैले यहाँ राजतन्त्रको पैरवी गरेको हैन । तर राजनीति कति निर्मम र षड्यन्त्रमा बग्दछ भनेर सानो उदाहरण मात्रै दिएको हो । तर यतिबेला अवसरवादी नेपाली युवाहरू,अनपढ बा–आमा र आइमाईहरू त्यसै त्यसै मच्चिएका छन् । एकथान मोबाइलमा प्राप्त गरेका मिसइन्फर्मेशन, म्यानुपुलेटेड कन्टेन्ट, मोनिटाइजेशनवालाहरुको डिस–इन्फरफेसन र साम्राज्यवादीहरूको अल्गोरिदमले नेपालीको चेतना ध्वस्त भैसकेको छ । यतिबेला नेपाल सफ्ट प्रकारको सिक्किमिकरण र हार्ड प्रकारको फिजिकरणतर्फ अगाडि बढेको छ । निर्वाचन र नयाँ विजेता सांसदहरू मात्रै समस्याको समाधान हो भनेर कसैले चिताएको छ, त्यस्तो त नमक हरामले मात्रै चिताउन सक्छ । बालेनलाई भोट हाल्नु भनेको बाबुरामलाई भोट हाल्नु हो । नेपाली जनताको मास सेन्टिमेन्टको यो हदसम्मको दुरुपयोग नेपाली इतिहासमा यसभन्दा अघि कहिल्यै भएको थिएन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्