IMG-LOGO

काभ्रे टाइम्सको मोफसल पत्रकारितामा ३० औं वर्ष प्रवेश

 मंगल, माघ ७, २०८२  – आचार्यश्री माधवशरण

     काभ्रे टाइम्सले यो अङ्कदेखि ३० वर्षमा प्रवेश गर्दैछ । नेपालको सबैभन्दा नजिकको मोफसल पत्रकारिताको एक अंग, करिब तीन दशकको लामो यात्रामा अनेकौं आरोह अवरोहहरु सहेको प्रत्यक्ष देख्ने एक पाठक मध्ये यो स्तम्भकार पनि हो । २०५२ सालमा काभ्रे जिल्लालाई आफ्नो कर्मभूमि बनाएर यो स्तम्भकारले आफ्नो व्यवसायिक जीवनको सुरुवात गरेको थियो। म यतिबेला सम्झन चाहन्छु । काभ्रे मावि, चैतन्य क्याम्पस, काठमाडौँ विश्वविद्यालय, धुलिखेल नर्सिङ क्याम्पस, सिद्धार्थ मावि, यी संस्थाहरूमा संलग्न भएर करिब १२ वर्ष बिताएको छ । यस्तैमा मित्र एग्रोभेटमा हरेक बिहान चियाको चुस्कीसँगै स्व भरत सर र मित्र राजनसँग भएका भेटहरु पनि अझै ताजै छन् । काभ्रे टाइम्सले आफ्नो यात्रामा स्थानीय स्तरबाट राष्ट्रिय तहसम्म सूचना तथा सञ्चारको क्षेत्रमा उल्लेखनीय योगदान दिएको कुराको जिउँदो साक्षी यस स्तम्भकार पनि हो ।      २०५३ सालको माघे संक्रान्ति मङ्गलबारको दिन यसले आफ्नो यात्राको सुरुवात उपत्यका नजिकैको काभ्रे जिल्लाको बनेपामा आफ्नो मुकाम राखेर ग¥यो । आज यो अखबार ग्रामीण तथा नगरीय क्षेत्रहरू (मोफसल) मा सूचनाको पहुँच विस्तार गर्दै लोकतन्त्र, विकास र सामाजिक जागरणको माध्यम बनेको छ । यसको स्थापना काल नेपालमा प्रजातन्त्रको पुनस्र्थापना पछिको समय थियो, जसले स्वतन्त्र पत्रकारिताको आवश्यकता बढाएको थियो । संस्थापक सम्पादक आदरणिय स्व. भरत राज श्रेष्ठको दूरदृष्टि र नेतृत्वमा एबम् मेरा मित्र राजन लुइँटेल श्रमजीवीको परिकल्पनाको यो यात्राले मोफसलको आवाजलाई केन्द्रसम्म पुर्याएको छ । भरत सर त आज भन्दा १७ वर्ष अघि २०६५ को राष्ट्रिय एकता दिवसको दिन बितेर जानुभयो तर उहाँको दृष्टिले आज पर्यन्त पनि निरन्तर हजारौं समाचार, विचार तथा रिपोर्टहरू प्रकाशित गर्दै समाजलाई प्रेरित गरेको छ । काभ्रे टाइम्सको यात्रामा धेरै प्रबुद्ध व्यक्तिहरूको योगदान गाँसिएको छ । प्रशिद्ध विषय, घटना र पात्रहरूको बारेमा विज्ञ स्तम्भकारहरूको संलग्नताले पाठकहरुलाई स्तरीय रचना र विषयहरूको बारेमा जानकारी गराएको छ । स्व. भरतराज श्रेष्ठ नेपालको मोफसल पत्रकारिताको एक प्रमुख व्यक्तित्व थिए । काभ्रे जिल्लामा जन्मेका श्रेष्ठलाई स्थानीय समस्या जस्तै कृषि, शिक्षा, स्वास्थ्य र राजनीतिक जागरणप्रति गहिरो चासो थियो । काभ्रे टाइम्स साप्ताहिक रूपमा सुरु गर्दा उनले मोफसलमा सूचना क्रान्ति ल्याउने दृष्टिकोण राखे । उनको नेतृत्वमा अखबारमा प्रशस्त स्थानीय युवाहरु जोडिन पुगे जसले स्थानीय पत्रकारहरुको सञ्जाल निर्माण गरेर पत्रकारहरूलाई प्रशिक्षण दिई व्यावसायिकता बढायो । यसको लागि भरत सर र काभ्रे टाइम्स परिवारलाई धन्यवाद दिनैपर्छ । स्व श्रेष्ठले पत्रकारितालाई सामाजिक सेवा ठानेका थिए, जसले स्थानीय मुद्दाहरूलाई राष्ट्रिय बहसमा ल्याए। २०६२÷६३ को जनआन्दोलनमा ग्रामीण जागरण र २०७२ को भूकम्पपछि राहत पारदर्शितामा काभ्रे टाइम्सको भूमिका निर्णायक थियो । उनको निधनपछि पनि उनको विरासत काभ्रे टाइम्समा जीवित छ, जसले अन्य मोफसल मिडियालाई प्रेरित गरेको छ । यसैको सिको गर्दै अहिले जिल्लामा एक दर्जन जति पत्रिका संचालनमा आएका छन् ।  यसरी हेर्दा काभ्रे टाइम्सको तीन दशकको यात्रा संघर्ष र विकासको कथा हो । २०६२÷६३ को जनआन्दोलनमा जनतामा चेतना वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्यो । २०७२ वैशाखको महाभूकम्पमा राहत वितरण, क्षति मूल्यांकन र पुनर्निर्माण रिपोर्टिङ गर्दै पारदर्शिता कायम गर्यो । डिजिटल युगमा अनलाइन संस्करण (२०७० को दशक) र ँः रेडियोसँगको सहकार्यले युवा तथा अन्तर्राष्ट्रिय पाठकहरू आकर्षित गरे । अर्को वर्ष ३० वर्ष पूरा भएको विशेषाङ्क, आफ्ना आरोह अवरोहलाई समेट्दै प्रकाशन गर्न सक्यो भने मोफसलका पाठकहरूको लागि जानकारीमूलक विषय हुने थियो ।      काभ्रे टाइम्सको विगतलाई हेर्ने हो भने थुप्रै स्थानीय घटनाहरूलाई समेटेको छ । उदाहरणको लागि स्थानीय निर्वाचनहरू (२०७४, २०७९) मा मतदाता शिक्षा, पर्यावरण अभियान (काभ्रे जङ्गल संरक्षण, नमोबुद्ध पर्यटन, चण्डेश्वरी यात्राका विवरणहरू, पनौतीमा लाग्ने कुम्भ मेलाका विवरणहरू) र सामाजिक जागरण (लैङ्गिक समानता, युवा रोजगारी) आदि मुख्य छन् । काभ्रे टाइम्सले समाजलाई अनेकौं सूचनाहरू त दियो नै, यी त यसका उपलब्धिहरू भए, तर साथसाथमा अनेकौं चुनौतीहरू पनि सामना गर्दै आएको छ । जस्तै आर्थिक सङ्कट, पत्रकार सुरक्षा र डिजिटल प्रतिस्पर्धा । यसका हालका प्रधान सम्पादकले यो लेखकसँगको विदेशमै भएको एउटा भेटमा कसरी आर्थिक संकटमा परेर विदेश पलायन हुनुपर्यो भन्ने मार्मिक घटना सुनाएका थिए । समय मिलेमा कुनै बेला यो विषयमा पनि केही कलम चलाउँला तर उनको साहस र धैर्यलाई भने मान्नुपर्ने हुन्छ । उनको यात्रामा मलाई श्रीमद्भगवतको एउटा पंक्ति असाध्यै याद आउँछ कर्मण्येवाधिकारस्तेमा फलेषु कदाचन त्यसैले होला फलको कुनै पनि आशा नगरिकन निरन्तर पत्रिका सञ्चालनमा खटिईराखेका छन् । थोरै समयमा पनि धेरै काम पूरा गर्न सकिन्छ (अल्पेन समयेन बहूनि कर्माणि साधयति) भन्ने हाम्रा पूर्वजहरूको भनाइलाई उनले सार्थक तुल्याएका छन् । उनको यो सार्थकतालाई मुलुकभित्रै बसेर पत्रिका सम्पादन, विज्ञापन संकलन, लेखकहरूसँगको समन्वय, स्थानीय समाचारदाताहरूसँग निरन्तर संपर्क यी कामहरू सम्पन्न गर्न निकै कठिन छ, यस्ता अप्ठ्याराहरू बीच पनि पत्रिकाका कार्यकारी सम्पादक रमेश न्यौपानेले यसलाई अझ बढी उचाइमा पुर्याएका छन् । उनी प्रति काभ्रे टाइम्स अनुग्रहित हुनैपर्छ । काभ्रे टाइम्सले मोफसलको सूचना तथा सञ्चारमा योगदान पुर्याएको कुरामा अब कुनै शङ्का छैन, यो बहुआयामिक छ । काठमाडौं केन्द्रित मिडियाले स्थानीय मुद्दाहरू उपेक्षा गर्ने परिप्रेक्ष्यमा यसले काभ्रे, सिन्धुपाल्चोक, दोलखा जस्ता जिल्लाहरूका समस्या जस्तै कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । निर्वाचनका बेला मतदाता जागरण र भूकम्पपछि राहत रिपोर्टिङले सामाजिक परिवर्तनमा योगदान दियो । यसले ः र अनलाइनमार्फत डिजिटल रूपान्तरण गरेको छ, जसले लाखौं पाठकहरूसम्म पहुँच पुर्याएको छ । तर आर्थिक सङ्कट, सेन्सरसिप र अत्याधुनिक डिजिटल डिभाइसको उपलब्धता यसका चुनौती छन् । विभिन्न क्षेत्रका विज्ञ स्तम्भकारहरूको संलग्नता काभ्रे टाइम्सको सफलताको कुञ्जी हो । यसले राजनीति, अर्थशास्त्र, पर्यावरण, स्वास्थ्य, साहित्य र खेलकुदबाट विशेषज्ञहरूलाई आकर्षित गरेको छ । यो अभियानमा सुरुदेखि नै संलग्न भएका स्तम्भकार डाक्टर सुमन ताम्राकार, निकै लामो समयसम्म आबद्धता जनाएका साहित्यकार मोहन दुवाल, अतिथि स्तम्भकारहरू जस्तै काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर सुरेशराज शर्मा, अर्थशास्त्री डा. युवराज खतिवडा, पर्यावरणविद् डा. मदन कोइराला, राजनीतिक विश्लेषक पिटर जंग, भारत दाहाल, साहित्यकार कृष्ण धरावासी जस्ता स्तम्भकारहरूको संलग्नताले अखबारलाई बौद्धिक रूपमा समृद्ध बनाएको छ, जसले स्थानीय–राष्ट्रिय पुल निर्माण गरेको छ । तर महिला स्तम्भकारहरूको संख्या भने निकै कम छ । काभ्रे टाइम्सको यतातिर पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । विज्ञहरूको ज्ञानले समाजलाई जोड्दछ । काभ्रे टाइम्सले राजनीति, अर्थ, समाज, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन, साहित्य, विज्ञान तथा प्रविधि, कृषि बजार, लैङ्गिक समानता, महामारी, विद्यालय सुधार, स्थानीय खेलाडी, नमोबुद्ध प्रचार, चण्डेश्वरी जात्रा, पनौती मेला, जस्ता विषयहरूको समावेशिताले अखबारलाई ’सबैका लागि’ बनाएको छ, तर गहनताको कमी हुन सक्छ, यतातिर ध्यान दिन जरुरी छ । तर सन्तुलित रिपोर्टिङले भने विश्वसनीयता बढाएको छ । चुनौतीहरू फेक न्यूज र सोसल मिडियासँग छन् । तर सत्यमेव जयते, काभ्रे टाइम्सको यात्रा मोफसल पत्रकारिताको प्रेरणास्रोत र सत्यको प्रतिबिम्ब हो । समग्रमा, यो समाज परिवर्तनको उत्प्रेरक हो । उत्तिष्ठ जाग्रत प्राप्य वरान्निबोधत (उठ, जाग, उत्कृष्ट ज्ञान प्राप्त गर) यो दर्शनलाई काभ्रे टाइम्सले समाजको लागि पूरा गरेको छ भन्दा अत्युक्ति हुने छैन । सबैको जयहोस् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्