पत्रिकालाई स्पष्ट समर्थन छ – किशोर नेपाल, (वरिष्ठ पत्रकार) राजनीतिक विश्लेषक, लेखक तथा साहित्यकार मेरो त पत्रिकालाई स्पष्ट समर्थन र सहयोग छ । काभ्रे टाइम्सको लेखक पनि हूँ । आर. एल. त आर. एल. नै हो उनको सम्पादनमा बागमती प्रदेशको बनेपाबाट प्रकाशितहुने काभ्रे टाइम्सको ३० वर्ष प्रवेशका अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । सहकर्मीहरुको अटुट साथले सफलता – ओम शर्मा, (अध्यक्ष) रातो पाटी डिजिटल अनलाइन आर. एल. श्रमजीवी र म २०४६÷०४७ देखि साथी हौ । त्यतिबेला हामी काठमाडौंका सडकमा संघर्ष गर्दा नारा लगाउथ्यांै । आज उहाँले प्राकाशन गरेको काभ्रे टाइम्सले ३० वर्ष प्रवेश गरेकोमा खुशी लागेको छ । बिदेशी भूमिमा बसेर पत्रिकालाई नियमिता दिनु र अझै प्रीन्ट अखबार काभ्रे टाइम्सलाई पाठकले माया गर्नु त्यस पत्रिकामा सम्लग्न सहकर्मीको जति प्रशम्सा गरे पनि कम हुन्छ । काभ्रे टाइम्सको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना । निरन्तरताको शुभकामना – बिष्णु पौडेल, (नियमित पाठक) नर्वे, युरोप काभ्रे टाइम्स नेपालमा मंगलबार प्रकाशित हुन्छ हामी नर्वेमा सोमबार कामबाट फर्किए पछि राति पढ्छौ । आर. एल. दाजुले वाट्स एपमा प्रत्येक अङ्क पठाउनु भएको छ । म उहाँसंगै २ वर्ष बिताएको छु । उहाँको मिहिनेत र नेपालका उहाँका सहकर्मीको फल हो काभ्रे टाइम्सको निरंतरता । हार्दिक शुभकामना छ । काभ्रे टाइम्सको माया लाग्छ – रामचन्द्र पराजुली, (नियमित पाठक) ज्याम्दी, हाल पोर्चुगल जम्बोजेरा युरोप म काभ्रे टाइम्सको नियमित पाठक हुँ । काभ्रेको ज्याम्दी मेरो जन्मस्थान हो । काभ्रेली भएको कारण काभ्रे टाइम्स बारे म नेपाल हुँदा नै पढ्थे । झन् युरोप आएर पोर्चुगलको शुरु कै दिन पत्रिकाका प्रधानसम्पादक आर. एल. श्रमजीवी सर संगै बस्दा म आफुलाई भाग्यमानी ठान्छु । अस्ति नोवेम्बरमा मात्रै उहाँसँग भेट भयो । सोमबारका दिन उहाँको मिहिनेत देख्दा काभ्रे टाइम्सको माया लाग्छ । उहाँ समस्त टीम प्रति पनि आभार व्यक्त गर्दै प्रगतिको कामना गर्छु । ठमेलमा हुँदा नै पत्रिकाको लोकप्रियता थाहा थियो – शम्भु गौतम, (पर्यटन दुत तथा हस्तकला व्यापारी) चरङ्गेफेदी काभ्रे हाल ः लण्डन बेलायत म काभ्रे टाइम्सको एउटा वार्षिकउत्सव समारोहमा म अतिथि भएको सम्झन्छु । पत्रिकाको लोकप्रियता म ठमेल हुँदा नै थाहा थियो । आर. एल. दाइ पोर्चुगल आए देखि बेलायत सम्म हामी संगसंगै छौ । पत्रिकाका रमेश जीलाई म रामै जान्दछु । पत्रिकाका सबै साथीहरू र यो पत्रिकामार्फत सम्पूर्णमा मेरो नमस्कार साथै ३० वर्ष प्रवेशको हार्दिक शुभकामना । सत्य र न्यायका पक्षमा उभियोस् – जीत लामा, (अधिवक्ता) बेल्जियम युरोप काभ्रे टाइम्सबारेमा मलाई नेपाल हुँदा नै थाहा थियो । झन् १० वर्ष अघि पत्रिकाका प्रधानसम्पादक आर. एल. श्रमजीवी बेल्जियम स्थित ब्रसेल्स सेन्टरको मेरो पसलमा आए देखि हाम्रो चिनजान भयो त्यही बेला देखि म काभ्रे टाइम्स पिडिएफमा पढ्दै आएको छु । काभ्रे टाइम्समा प्रकाशित बिचार र मुख्य समाचार मेरो रुचि हो । आफु रामेछापमा जन्मिएको एउटा कुरा भन्न मन लागेको छ । काभ्रे टाइम्सले काभ्रेको मात्रै होइन आसपासका जिल्ला रामेछाप सिन्धुपाल्चोक दोलखाका तामाङ समुदायका गतिविधिलाई प्रधानता दिदै पत्रिकामार्फत बाहिर ल्याओस । देश बिषम परिस्थितिमा भएकाले सत्य न्याय समानताका पक्षमा पत्रिका निरन्तर अघि बढोस् । ३० वर्ष प्रवेशका अवसरमा उतरोउत्तर प्रगतिको हार्दिक शुभकामना । स्थानीय मुद्दा उठाउँदै आएको छ – हिक्मत थापा, (व्यवसायी) लेगोस, नाइजेरिया, अफ्रिका तीन दशक देखि लगातर जनजिविका, लोकतन्त्र र स्थानिय मुद्दामा प्रभावशाली रुपमा आवाज उठाउदै आएको काभ्रे टाइम्सको ३० औं बर्ष प्रवेशको सुखद उपलक्ष्यमा पत्रीका परिवार लगाएत सम्बद्द सबैमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । काभ्रे टाइम्सको निरन्तरता र अझै झन सुदृढता र लोकप्रियताका लागि समेत हार्दिक शुभकामना । अनुसन्धात्मक रिपोर्टलाई प्राथमिमता दिनुपर्छ – विनोदकुमार न्यौपाने, अध्यक्ष नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक प्रकाशनको २९ औं वर्ष पुरा गरी ३० औं वर्ष प्रवेश गरेको अवसरमा काभ्रे टाइम्स साप्ताहिक परिवारलाई हार्दिक बधाई एवं निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु । काभ्रे जिल्लाको सञ्चार क्षेत्रमा एक स्थापित र विश्वसनीय नामको रूपमा स्थापित काभ्रे टाइम्स साप्ताहिकले आज २९ वर्षको लामो, संघर्षपूर्ण तथा गौरवपूर्ण यात्रा पूरा गरी ३० औं वर्षमा प्रवेश गरेको यो ऐतिहासिक तथा हर्षोल्लासपूर्ण अवसरमा मलाई अत्यन्त गर्व र खुशी लागेको छ । काभ्रे टाइम्सले विगतका तीन दशकमा निरन्तरता, निष्पक्षता र स्थानीय मुद्दाप्रतिको प्रतिबद्धताले आफूलाई छुट्टै पहिचान बनाएको छ । यो साप्ताहिक काभ्रेको पहिलो समाचारपत्रहरू मध्ये एक हो जसले जिल्लाको राजनीति, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति, वातावरण, महिला तथा बालबालिकाका मुद्दा, सामाजिक न्याय र स्थानीय गाउँपालिका÷नगरपालिकाका गतिविधिहरूलाई नियमित रूपमा समेट्दै आएको छ । विभिन्न राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोपहरू (जस्तै भूकम्प), आर्थिक संकट, प्रविधिको तीव्र विकास, डिजिटल मिडियाको उदय, विज्ञापनको कमी, छपाइ खर्चको वृद्धि जस्ता चुनौतीहरूका बाबजुद पनि यो साप्ताहिकले आफ्नो प्रकाशन नियमित राख्न सफल भएको छ । यस अवधिमा धेरै स्थानीय पत्रपत्रिकाहरू बन्द भए, तर काभ्रे टाइम्सले जनताको विश्वास, पाठकको माया र टिमको लगनशीलताले आफ्नो यात्रालाई अविच्छिन्न राखेको छ । यो अवधिमा काभ्रे टाइम्सले गरेका योगदानहरू अतुलनीय छन्, जिल्लाका दुर्गम गाउँहरूका समाचारहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउने पुलको काम गरेको छ । स्थानीय सरकारका गलत कामहरूको निगरानी तथा सुशासनका लागि आवाज उठाउने साहस गरेको छ । काभ्रेका प्रतिभा, संस्कृति, पर्यटकीय स्थलहरूलाई प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ भने युवा तथा नयाँ पुस्ताका लागि पत्रकारिताको अवसर सिर्जना गरेको छ । अब ३० औं वर्षको यो नयाँ अध्यायमा काभ्रे टाइम्सलाई अझ बढी ऊर्जा, नवीनता र प्रभावकारिता चाहिन्छ । डिजिटल युगमा अनलाइन संस्करणलाई मजबुत बनाउने, सोसल मिडियामा सक्रियता बढाउने, अनुसन्धानमूलक रिपोर्टिङलाई प्राथमिकता दिने, युवा पाठकहरूलाई आकर्षित गर्ने नयाँ ढाँचाहरू अपनाउने र सधैं सत्य, निष्पक्ष तथा जिम्मेवार पत्रकारिताको बाटोमा अडिग रहनु यो समयको माग हो । मलाई पूर्ण विश्वास छ कि काभ्रे टाइम्सको यो टिमले आगामी दिनहरूमा अझ उचाइ छुने छ, काभ्रेको विकास र समृद्धिको लागि अझ शक्तिशाली माध्यम बन्ने छ र स्थानीय पत्रकारिताको एउटा उत्कृष्ट उदाहरण बन्ने छ । एकपटक फेरि सम्पूर्ण टिमलाई हार्दिक बधाई । काभ्रे टाइम्स साप्ताहिकको यो सुनौलो यात्रा अझ लामो, अझ सफल र अझ प्रभावशाली बनोस्। हार्दिक शुभकामना । काभ्रे टाइम्सको ३० औं वर्ष प्रवेशको शुभकामना – छत्रबहादुर मैनाली, अध्यक्ष, ल्च्ल्, ल्ऋऋ, कोलम्बिया दक्षिण अमेरिका काभ्रे टाइम्सले पत्रकारिताको ३० वर्षको यात्रालाई सफलता पूर्वक पूरा गर्दैछ, र यो समयले काभ्रे जिल्लाका स्थानीय समुदायको आवाजलाई सशक्त बनाउने, जनजीवनलाई समृद्ध बनाउने र पत्रकारिताको उच्च मापदण्ड कायम राख्ने काम गरेको छ । स्थापना कालदेखि नै काभ्रे टाइम्सले सत्यता र निष्पक्षताको सिद्धान्तलाई आत्मसात गर्दै, समाजका विविध पक्षहरूलाई उजागर गरेको छ । यसको प्रत्येक अंकले पाठकहरूलाई जानकारी, चेतना र सशक्तिकरण प्रदान गरेको छ । नियमित रूपमा काभ्रे टाइम्स पढ्दा हामीले स्थानीय जीवनका वास्तविकता, चुनौतीहरू र समाधानलाई नजिकबाट अनुभव गर्न सक्छौं, जसले हामीलाई समाजिक जिम्मेवारी र सहभागिताको महत्व पनि बोध गराउँछ । यस ३० औँ वर्षको उपलक्ष्यमा, काभ्रे टाइम्सले पाएको विश्वास र सम्मानले यसको प्रभाव र महत्वलाई अझ प्रगाढ बनाएको छ । आगामी दिनहरूमा पनि यो पत्रिका अझ सशक्त, जिम्मेवार र विकासोन्मुख पत्रकारिताको मार्गदर्शक रहोस् भन्ने शुभेच्छा । ज्ञानको समुन्द्र हो पत्रपत्रिका – महेश पौडेल, (पूर्व अध्यक्ष) नेपाल पत्रकार महासंघ काभ्रे बिशाल समुन्द्र नदेख्नु वा भेट्टाउन नसक्नुको अर्थ सन्सारमा समुन्द्र छैन भन्ठान्नु होइन । ज्ञानको समुन्द्र हो पत्रपत्रिका । – अब्राहम लिङ्कन, अमेरिकि रास्ट्रपति हिजो केबल ज्ञान र सुचनाको लागि प्रयोग गरिएको पत्रपत्रिका आज परिवर्तनको सम्बाहकको रूपमा स्थापित भएको छ । नेपालको राजनैतिक परिवर्तन होस वा सामाजिक र आर्थिक आधार होस यसको प्रमुख आधार स्तम्भ पत्रपत्रिका हो । ३० बर्ष अघि काभ्रे र आसपासका जिल्लाहरुका आम नागरिकहरुको लागि काभे टाइम्स सुचना, सन्चार र अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रणि सस्थाको रुपमा उदाएको थियो । यसले सन्चार क्षेत्रको मर्म, धर्म र कर्मलाइ आजसम्म निरन्तरता दियको छ । यसले समाज, देश, र लोकतन्त्रको रक्षार्थ पु¥याएको योगदानको धन्यवाद सहित नबिन यात्राको शुभकामना व्यक्त गर्न चाहन्छु । आजको युग सुचना र सन्चारको युग हो । हाम्रो धार्मिक शास्त्रहरुले भने झै शब्द ब्रह्म हो, शब्द शक्ति हो, शव्द इश्वर हो । यसको पुस्ट्याइको आधार बर्तमान सन्सारमा भएको परिवर्तनबाट पनि बुभ्mन सकिन्छ । आज बिश्व यौटा मोबाइलको स्कृन भित्र कैद भएको छ । यसको सहि प्रयोग बिकास हो, गलत प्रयोग बिनास हो । यसको ज्वलन्त उदाहरण नेपालमा भएको जेन्जि आन्दोलन पनि एक हो । बर्तमान बिश्वका सकारात्मक वा नकारात्मक परिवर्तनको कारण शब्दको सहि वा गलत प्रयोगको कारण हो । यसको मुख्य साधन औपचारिक मिडिया वा अनौपचारिक मिडिया नै हो । आजको समयमा हामी मिडिया आबद्ध साथि वा संचालकहरुले सोच्नुपर्ने बेला आएको छ । हामिले समय सापेक्ष प्रबिधिको प्रयोग र अर्को यसले पस्केका बिषयहरुले समाज र रास्ट्रमा पार्ने प्रभाब मुल पक्ष हुन । सुचना र सन्चार प्रभाबकारी र प्रभाबशालि हुनुपर्छ तर प्रभाबित हुनुहुन्न । आज हरेक मिडिया यो आरोपबाट मुक्त छैनन । मुक्त हुने प्रयास गर्नुपर्छ । अर्को बिषय प्रबिधिकोअथाह भन्डारको उपयोग गर्ने सुबिधा पाएको समयमा पनि पत्रपत्रिकाहरुको स्तर क्षयिकरणप्रति हामि चिन्तित र जबाफदेहि हुन जरुरी छ । अन्त्यमा, बिश्वबिध्यालय पढ्न कठिन छ भने नजिकैको पत्रीकाले प्यास मेटाउनुस् ।–दार्शनिक सुकरात । यो भनाइलाई सार्थक बनाउन काभ्रे टाइम्स जस्ता पत्रपत्रिकाले सत् प्रयास जारी राखोस । धेरै धेरै शुभकामना ।।। नागरिकहरुको पहरेदार बनिरहोस काभ्रे टाइम्स – मिलन श्रेष्ठ, कार्यालय प्रमुख, सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि., बनेपा काभ्रेली माटोमा निरन्तर प्रकाशित काभ्रे टाइम्स साप्ताहिक श्रद्धेय भारत राज श्रेष्ठ सर र मेरा मित्र आर. एल. श्रमजीवीले प्रकाशन गर्नु भएको हो । स्वतन्त्र पत्रकारीताको पर्यायी बनेको पत्रिकामा चर्चित छ काभ्रे टाइम्स । काभ्रे टाइम्सको निस्पक्षता निरन्तर कायम रहोस । ३० औ वर्षको असिम शुभकामना । मित्र आर एल बिदेश भएर पनि समसमायिक विषय बस्तुको लेख, रचना र नेपाल भारत सम्बन्ध पढ्न पाइएको छ । पत्रिकाका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने सहितको टिमले पत्रिका संचालन र सम्प्रेषणमा योगदान पु¥याएका छन् । टिममा उर्जापन अझ बढोस् । नागरिकहरुको आवाज बुलन्द गरि निस्पक्षतामा दृढ रहन सकोस यहि छ शुभकामना ।
