IMG-LOGO

सञ्चार कर्म, स्थानीय पत्रकारिता र हाम्रो कार्यभार

 मंगल, माघ ७, २०८२  – रमेश प्रसाद न्यौपाने, कार्यकारी सम्पादक

     “ग्रामीण विकासका लागि सञ्चारकर्मको” नारा बोकेर निरन्तर प्रकाशित काभ्रे टाइम्स साप्ताहिक २९ वर्ष पुरा गरी ३० वर्षमा प्रवेश गरेको छ । म आपूm पनि काभ्रे टाइम्समा जोडिएको २८ वर्ष लागेछ । २०५६ माघदेखि सञ्चार कर्ममा त्यस्तै गरी चेतना नेपाल (रेडियो एविसी) एफ.एम. ८९.८ मेगाहर्जमा २०६४ कार्तिक १८ गते देखि स्थापनाकालबाट १९ वर्ष पुगेछ । एक साथ दुवै कर्म गर्ने अवसर पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक आर.एल. श्रमजीवीको प्रमुख माध्यमबाट जीवन यात्राको गन्तव्य जोडिएको हो । अझ भन्नुपर्दा काभ्रे टाइम्स र रेडियो एविसी मेरालागि पत्रकारिता क्षेत्रको व्यवहारिक अध्ययन गर्ने विश्वविद्यालय नै हो ।      “पत्रकारिता क्षेत्रबाट अनेकौ उकाली ओराली गर्दै तथ्यको आधारमा सत्य उजगार गर्नु सञ्चारकर्मको धर्म हो । राम्रोलाई पैmलाउने, वेथिति विकृतिको विरुद्धमा औलाउने कार्य सञ्चार माध्यमको धर्म हो । मोफसल पत्रकारिता भित्र स्थानीय सञ्चारकर्महरु प्रकाशक÷सम्पादक गतिशिल र जीम्मेवार सञ्चार गृह निर्माण कर्म गर्नु जरुरी छ । सामुदाय भित्रका स्थानीय आवश्यकता, इच्छा आंकाक्षा चाहनाहरु पुरा गर्ने गरी समाचारहरु सम्प्रेषण गर्न जागरित हुनुपर्छ यो स्थानीय पत्रकारिताको विश्वव्यापी मान्यता हो ।”      सामाजिक जिम्मेवारी सहितको मर्यादीत पेशा हो पत्रकारिता । पत्रकारिता रोजगारी प्राप्त मात्र होइन प्रतिकुलता, जस्तो सुकै चुनौती आयो भनेपनि सामना गरी मुल जिम्मेवारीबाट पन्छन मिल्दैन । २०४६ सालपछिको बहुदलीय व्यवस्थापछि संख्यात्मकरुपमा वृद्धि सँगै सञ्चार माध्यम सञ्चालनमा धेरै आउनु, सञ्चारकर्मीहरु धेरै उत्पादन हुनुले  सञ्चार क्षेत्रको सकारात्मक विकास भएको भान्न सकिदैन । खल्ती भर्ने रकमी पत्रकारिता, भ्रम सृजना गरी अफवाह पैmलाउने कार्य अधिक भएकाले पत्रकारिताको गरिमा माथि प्रश्न उठेको छ । आवाज विहिनहरुको आवाज, बुलन्द गर्ने, पछाडि परेका, पारिएका व्यक्ति, समाजका निम्न वर्गको उथ्थानको लागि समाजमा जागरण ल्याई समाजमा भएको वेथितिको जरोकिलो ओखल्ने गरी कलम चलाउनु पर्ने जिम्मेवारी सञ्चार गृह र सञ्चारकर्मीको हुनुपर्छ । राजनीतिक दुनो सोझाउने पर्चाकारितामा रमाउनेहरुको भिडले गर्दा पत्रकारिता पेशा धर्मराएको छ । अझ भन्नुपर्दा सन् २००० को दशकमा मल्टी मिडियाको दुनीयामा सामाग्रीको भूमिका समाचार वेबसाइटहरुमा पुरक समाग्रीमा सीमित थियो । पाठ्य सामाग्री नै मुख्य समाचार मानिथ्यो ।      छापा वा प्रसारण मोडलमा नै आधारित थियो । आजको डिजीटल पत्रकारितको तीब्र विकाससँगै पत्रकारिता आज परिवर्तनको चरणमा छ । रेडियो, टेलिभिजन छापा वा प्रशारणमा आधारित पत्रकारिता आज डिजिटल युगमा प्रवेश गरेको छ । प्रविधिको तीब्र विकासले सूचना सामाचार प्रवाह गर्ने माध्यम मात्र वदालिएको छैन । समाचारको प्रारुप, ढाँचा निमार्ण  प्रक्रिया÷पाठक÷दर्शक स्रोतासँगको अन्तरक्रिया सबै विषयबस्तुहरु बदलीएको छ । मोबाइल फोटो ग्राफी र भिडियो ग्राफीले घटनास्थताबाट छिटो र प्रभावकारी सामाग्री संकलन गर्न मद्दत गर्छ । जबकी मिडिया तथा अडियो सम्पादनले सो सामाग्रीलाई आकर्षक स्पस्ट र व्यवसायिक बनाउँदै आएकोले नागरिकहरुको र पाठक वर्गको ध्यान त्यता तिर मोडिएको छ । मोफसलको पत्रकारिता टिकाउन, टिक्न गाह्रो छ । सूचना प्रवाहले दस्तावेजीकरण, अभिलेखिकरण मात्र हैन, समाजमा सकारात्मक जागरण र चेतना पैmलाउने कार्य प्रमुख हो । नागरिकलाई सूसूचित गराउने सब्य बनाउने कर्ममा तल्लिन हुन जरुरी छ । सबै सञ्चार उद्यमी, सञ्चारकर्मीको पत्रकारिताको सर्म, मर्म र धर्म बुझी सञ्चारकर्म गरौं । सञ्चार माध्यमको संख्यात्मक वृद्धि काभ्रेमा पनि बढेको छ । काभ्रे जिल्ला कै हकमा कुरा गनुपर्दा १८ वटा साप्ताहिक एक मासिक, २ वटा त्रैमासिक पत्रपत्रिका प्रकाशनमा रहेका छन् । १० वटा रेडियोहरु, ३७ वटा अनलाइन सञ्चार माध्यामहरु सञ्चालनमा रहेका छन् । सञ्चार माध्यम धेरै खोलिनुले त्यति अर्थ राख्दैन त्यसको व्यवसायिक विकास र स्थायित्वले महोत्व राख्छ ।      यहाँ सम्म आइपुग्न सहयोग पु¥याउनु हुने लेखक, सहित्यकार, पाठक वर्ग, विज्ञापन दाता, सुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दछु । साथै सहकर्मीहरु गोविन्द प्रसाद मैनाली, हरिनाथ न्यौपाने, गौरब मानन्धर र व्यवस्थापन वितरण कार्यक्रममा जिम्मेवारी वहन गर्ने लालबहादुर बनमाली, रिजन प्रधान, प्रकाश खनाल, मणीराम केसी, पत्रिका छपाईका लागि सन्तोष प्रिन्टिङ प्रेसका संचालक कौशलराज खड्का र मेसिन म्यान ध्वज न्यौपानेको साथ सहयोगको मिठो सम्झना गर्दछु ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्