हामी मुर्ख जनता नै, आशा धेरै नेताको गर्ने गर्छ विकाश नेताले भनी, नेताको नै शरण पर्ने जो जोगी आए पनि कानै चिरेको, नेपालका नेताहरुको यहि हो कथा खै सुन्ने कसले गरिब जनताको दुख र व्यथा कम्युनिष्ट गई काँग्रेस आउँदा फेरी पनि आशै राख्ने कतिचोटी एउटै भ्रष्टको हामी जनता चै शासन चाख्ने पर्चे, झोली, छेरे, बाबु, नेता सबै कुर्सी मुखी जनता मरे मरोस के को हुन्थे र ! यिनि दुःखी विदेशीको इशारामा नाच्छन् पापी दलालहरु छन् हाँसीखुसि आफू, जनता मरे मरुन बरु गुदी जति बेची सके भ्रष्ट भै खोक्रिएर जनता बस्छन् अझै सहि, किन होला झोक्रिएर एक जुगमा एक दिन एक चोटि आउछ रे, भन्थे भूपी शेरचन कवि फेरिए युग कयौं खै, झुल्कीएनन् कहिलै रबि नेताको, नेताद्वारा, नेताको लागि शासन कति छाउने जनताको, जनताद्वारा, जनताको लागि शासन,खै कहिले हो आउने तैपनि आशा लाग्ने बानी आशै गरि अझै बसौ दलाल नेताको घाँटी रेट्ने कल्की अवतार जन्मोस दसांै ।
