IMG-LOGO

चुनाव

 मंगल, पौष १५, २०८२  --

– के.बी पारखी फेरि चुनाव आएको छ तपाईं हाम्रो घरदैलोमा बाजागाजा ,फुलमाला पहिरीदैं सबलाई हात जोडिरहेका छन्‌ खुट्टा ढोगीरहेछन् ।   हिजो दुःख विमार पर्दा मान्छे नचिन्नेले चिनेका छन्‌ घरको आँगन नटेक्नेले टेकेका छन् । गाउँघर,समाजमा समृद्विको सपना देखाएर दिन्छन् ठूला ठूला भाषण दिन्छन् ठूलै ठूला आश्वासन र फेरि पनि मैले दुधले नुहाएर आएको छु । मनमा पाप छदैछैन हिमनदीको मुहानबाट निस्केको जल जस्तै पवित्र छ मेरो मन भन्दै भोटको भिक्षा माग्न आएका छन् । यो समयमा आफुलाई विवेकको तराजुमा जोखेर हिसाबकिताब गरेर न्यायाधीश बनिदिनुहोस्‌ फैसला गरिदिनुहोस्‌ लगाइदिनुहोस्‌ स्वस्तिक छाप । फेरि पनि कदापि नबिर्सनु आफ्‌नो सुरक्षित मताधिकार झुक्किएर पनि मिठा चिप्ला कुरामा नबिकी हृदयको प्रेम झिकी बिर्सीएर पुरानो चोट सम्मानले हालीदिनु भोट । कामना गर्नु गतिला मान्छे हार्नै छैनन्‌ मेरो भोट खेर जाने छैन विगतको जस्तो गल्ती दोहोरिने छैन । फेरि झुक्किएर पनि फेरि कति वर्षसम्म टाउको समाएर बस्न नपरोस्‌ यो चुनावले जय जनता जर्नादनको भलो गरोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्