मानिसका परिचयहरू बगैचाका रंगिविरगी फूल या आकाशका ताराजस्तै फरकफरक किन होलान् ? किनकि हरेक आत्मा आफ्नै यात्राको धून बोकेर जीवनपथमा लम्किरहेको हुन्छन् । हरेकका सौन्दर्य फरक हुन्छन्, स्वाद फरक हुन्छ, दृष्टि फरक हुन्छन् तव दृष्य पनि फरक हुन्छन् । त्यसै यात्राको एउटा उज्यालो नाम तिमी पनि— बिन्दास हावाजस्तै स्वतन्त्र, अजम्मरी पहाडको चटटानजस्तै स्वच्छ र निर्भीक । तिमी आफैँ जल्ने साहस राखेर अरूको अँध्यारो नजिकै बसरेर उज्यालो छर्ने मैनबत्ती जल्न सक्ने, पग्लदै रित्तिन सक्ने । भित्र कतै गहिरो, पीडाका ज्वारभाँटा समेटेर तर बाहिर शान्त समुन्द्रिक उलर्दो लहरझैँ नाचिरहने आत्मा । जीवनले थुपारेका अनगिन्ती चोट भित्रै कतै लुकाउदै निसास्सिएको चीत्कार, यी सबैलाई चुपचाप, अनि फेरी चुपचाप तिमीसग हाँस्ने कस्तो अद्भुत कला ! मानिसहरू चकित पर्लान ”कति पीडा संगालेको होला यो मान्छेले, किनकि ऊ त रुँदैरुँदैन, बरु मुस्कानको कविता पो फिँजाउँछ । किनकि ऊ त भत्किँदैन, बरु प्रेमका उन्मुक्त लयवद्ध गीतहरू घाउका पाप्रा कोट्याउदै, गाँउछ पो उन्मुक्त गजलहरु ।“ तिमीलाई हेर्दा लाग्छ— जीवनले खारेर बनाएको एक दुर्लभ संगीत हो तिमी, जसको स्वर पीडाबाट जन्मिए पनि अन्ततः उज्यालोमै फुल्छ । अनि म सुन्न थाल्छु १९८३मा रिलिज भएको कैफी आजमी लिखित जगजीत सिहले गाएको हिन्दी गजल तुम इतना जो मुस्कुरा रहे हो क्या गÞम है जिस को छुपा रहे हो आंखों में नमी हंसी लबों पर क्या हाल है क्या दिखा रहे हो बन जाएंगे जÞहर पीते पीते ये अश्क जो पीते जा रहे हो जिन जÞखÞ्मों को वकÞ्त भर चला है तुम क्यूं उन्हें छेड़े जा रहे हो रेखाओं का खेल है मुकÞद्दर रेखाओं से मात खा रहे हो ।
