तिमी समुन्द्रका तहहरू कोतरेर नाला रंगहरूमा सेता बुट्टा भरेर कपासे चित्रकारी कुँदेर जन्माइरहेछौ छालहरू शान्त सरोवरमा पूर्णिमाको जुन पोखिंदा तिमीलाई कुन व्याथा लाग्छ तिमी झाँक उमारेर तृषित छालहरूमा छटपटाउँदै किनारा आइ पोखिन्छौ शान्त हुन्छ बल्ल तिम्रो ज्वर गहिराईले दिने शान्तिमा एकान्तले दिने साधनमा अगम्यताले दिने प्रबोधनमा अनन्तले उमार्ने विराटतामा किन छालहरू जाग्दछन् हँ छालहरूलाई छ छाल प्रश्न तिमी उज्यालो सहदैंनौ अँध्यारोले आँखा पोल्दछ लेऊ र काइँका स्वप्निल दुनियाँमा क्यालसियमका पत्रेदार जलचट्टानमा ढुक्ढुक गर्ने तिम्रो मुटु शंख र सिपी मालाहरूका मोती र ज्योतिका आभुषणहरूमा नित्य नौली दुलही श्रङ्गार गर्ने शान्त मनमा किन उम्रन्छ विद्रोहका ज्वारभाटाहरू छालहरूलाई प्रश्न छ घामले भेदन गर्न नसकेर हो कि तिम्रो गहिराई शान्त मनमा वैराग्यको हुरी किन जन्मन्छ इन्च बराबर न घट्छौ न रौं बराबर कहिल्यै बढ्दछौ न संसार पिएरै अघाउँछौ न नखाएरै भोक बस्दछौ न लगाएर तिमी शोभित हुन्छ न नलगाएरै तिमी नाङ्गा हुन्छौ भन अनन्त गोरू जुरा उमारेर किनारमा आइ किन बज्रन्छौ छ छालहरूलाई छाल प्रश्न पर्वतसम्म तिमी वाफमा हिमालहरूमा बनेर हिउँ मरूभूमिहरूमा बनेर जीवन अभ्यारणहरू सरित बनेर सुसेल्दै मृत्तिकामा पहिलो स्पर्श गर्दा अनन्त बीज उमार्ने शान्त समुन्द्र किन नियमित छालहरू नियमितका सुसाइहरू कहिले काँही आगो पिएर बौलाउँदै सुनामी बनेर किन किनारमा पोखिन्छौ अनन्त विन्दुहरूमा अनन्त घाम बनेर जूनका अनन्त प्रतिबिम्ब बोकेर लोटामा पूर्ण सूर्य जन्माएर सूक्ष्म बीजमा सघन बन धारण गर्ने तिमी किन ज्योति फोरी रहन्छौ किन कलकुट पिएर सुनामी अवतारमा किनारमा पछारिन्छौ लाखौ छालहरूका जालमा गरिरहन्छौ किनाराको पक्षालन छालहरू छ यक्ष प्रश्न तिमी किन लय बदल्छौ तिमी किन भय बन्दछौ ??? – नारायणगढ, चितवन
