टुकुचा जागरणद्वारा रक्तदान

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

टुकुचा जागरण बचत तथा ऋण सहकारी संस्था लि.को चौथो वार्षिकोत्सवमा भाद्र ९ गते करुणामय मन्दिर प्राङ्गणमा खुला रक्तदान कार्यक्रमको आयोजना गरियो । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संचालक समितिका पदाधिकारी, विभिन्न समिति, उपसमितिका सदस्यहरु, शेयर सदस्य र सर्वसाधारण गरी ५४ जनाले रक्तदान गरेका थिए । सो अवसरमा दृष्टिविहीन शिक्षक तथा संस्थाका शेयर सदस्य मिलन विकले ३६ औं पटक रक्तदान गरेको संस्थाका प्रबन्ध संचालक राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम नेरेसो, रक्तसंचार सेवा, बनेपाको प्राविधिक सहयोगमा भएको थियो । – शिव केसी, प्रशिक्षार्थी पत्रकार

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: