२७ गुणा विमा रकम प्रदान

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बनेपा । नेपाल लाइफ इन्स्योरेन्स कं.लि. बनेपा शाखामा जीवन विमा गरेका चलाल गणेशस्थान–४, काभ्रेका कान्छा तामाङको परिवारलाई विमावापत ३ लाख ९१ हजार ३७९ रुपैया प्रदान गरिएको छ । नौ महिना अघि दुईलाखको जीवन विमा गराएका तामाङको जेठ १६ गते मृत्यु भएको थियो । उनले पहिलो किस्ता वापत १४ हजार ७८५ रुपैया बुझाइसकेका थिए । मृतककी श्रीमती फूलमाया तामाङलाई शाखा प्रबन्धक गुणराज श्रेष्ठले विमावापतको चेक प्रदान गरेका थिए । मृतकको परिवारलाई राहत वापत २७ गुणा बढी रकम प्रदान गरिएको प्रबन्धक श्रेष्ठले बताए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: