१४ जेठअघि सुरक्षा निकाय हाइ एलर्टमा

प्रकाशित मिती : शनिबार, जेष्ठ २०, २०६९ by   ·   Comments

प्रधानमन्त्री डा. बावुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको छ । सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री डा. भट्टराईले जेठ १४ आसपासमा हुन सक्ने सम्भावित अप्रिय घटनाहरु रोक्न उच्च सर्तकता र संयमताका साथ काम गर्न निर्देशन दिनुभएको हो । जेठ १४ आसपासमा विभिन्न माग राखि आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरिने भए पनि सुरक्षा निकायहरु सतर्क रहेर परिस्थीतिलाई नियन्त्रणमा राख्न निर्देशन दिनुभएको थियो । कसैले आन्दोलमा तोडफोड गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाईपूर्वक रोक्न पनि उहाँले निर्दशन दिनुभयो । प्रेस, मावअधिकारकर्मी, कुटनीतिक नियोगमाथि तोडफोड र हिंसा गर्छ भने त्यसलाई गम्भीरतापूर्वक लिएर रोक्न र कारवाहि गर्न उहाँले निर्देशन दिनुभएको बताइन्छ ।  बैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

1
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: