१३० थपेपछि ६०० रेडियो पुग्ने

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

सरकारले एकसय ३० रेडियोलाई सञ्चालनका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्षमा थप रेडियो सञ्चालनका लागि १ सय ३० रेडियोलाई सञ्चालन सिफारिस गरिएको हो । दुर्गम तथा रेडियोको संख्या कम भएका जिल्लामा एफएम सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयको प्राविधिक टोलीले रेडियो सञ्चालन गर्न सिफारिस गरेको हो । उपत्यका र देशका प्रमुख सहरबाहेकका स्थानमा फ्रिक्वेन्सी खाली रहेकाले अनुमति दिन सकिने भन्दै सूचना तथा सञ्चार मन्त्रालयले सिफारिस गरेको हो । सिफारिस लिएका मध्ये ७० रेडियोले सञ्चालन अनुमति पत्र (लाइसेन्स) समेत लिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा ६ सय भन्दा धेरै रेडियोलाई सञ्चालनका लागि सिफारिस गरिएको र चारसय ७६ वटा रेडियोले प्रसारण अनुमतिपत्र लाइसेन्स लिएको मन्त्रालयको अनुगमन शाखाका विभागीय इन्जिनियर गौरब गिरीले जानकारी दिएका छन् । चार सय भन्दा धेरैले परीक्षण सुरु गरेको पनि उनले बताए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: