हेलम्बू समितिमा पुनः राजेश श्रेष्ठ

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

बनेपा । हेलम्बू यातायात सेवा समितिको १६ औं वार्षिक साधारण सभा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यमा साउन ११ गते सम्पन्न भयो । कार्यक्रममा महासंघका उपाध्यक्ष केदार क्षेत्री, कोषाध्यक्ष पुण्यप्रसाद सिटौला, मिनिबस संयोजक सुरकृष्ण वैद्य, सदस्य राजभक्त प्रधान, मजदुर संगठनका केन्द्रीय सचिव शम्भुप्रसाद नेपाल, श्यामकृष्ण तौजले, बागमती संयोजक राजेन्द्र थापा, आत्माराम थापा, पूर्व अध्यक्षहरु नरेन्द्रराज श्रेष्ठ, हरिचन्द्र पलाञ्चोके आदिले शुभकामना राख्नुभएको थियो ।
समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष श्रीराम श्रेष्ठ, वार्षिक प्रतिवेदन सचिव बिलबहादुर श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुरुषोत्तम मानन्धरले प्रस्तुत गर्नुभएको थियो । सभाले आव ०६९।०७० को लागि १ करोढ १९ लाख ८३ हजार २५० को बजेट पास गरेको छ । सोही सभाले आगामी दुईवर्षे कार्यकालका लागि राजेशकुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ मण्डन, सचिव बिलबहादुर श्रेष्ठ रमेश, कोषाध्यक्ष बुद्धिदास श्रेष्ठ र सदस्यहरुमा जितेन्द्र थापा, प्रल्हाद भारती, राजेन्द्र श्रेष्ठ, देवलाल श्रेष्ठ र रामकृष्ण चापागाईं निर्वाचित भएका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: