हिमालयन ट्राभल मार्ट २०१७ शुभारम्भ

प्रकाशित मिती : मङ्लबार, मंसिर २१, २०७३ by   ·   Comments

सुरज न्यौपाने     

                नेपाललाई साहसिक पर्यटकिय गन्तब्य को रुपमा विकाश गर्दै समग्र नेपालको पर्यटनलाई दिगो विकाश गर्ने हेतुका साथ् आगामी जून १ देखि ४ सम्म पाटा नेपालले हिमालयन ट्राभल  मार्ट २०१७ आयोजना गर्न लागेको छ। काभ्रे को धुलिखेल स्तिथ हिमालयन होराएजन होटेल सन् एंड स्नो मा आइतबार आयोजित उक्त् कार्यक्रम मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब श्री शंकर प्रसाद अधिकारी प्रमुख अथिति र पाटा इन्टर नेशनल का अध्य्च्य श्री  ःच ब्लमचभध व्यलभक ले समारोह लाइ संयुक्त रुपमा उद्घाटन गर्नुभएको  थियो।

                उक्त्त कार्यक्रममा २०१७ जून १ देखि ४ सम्म हुने हिमालयन ट्राभल मार्ट को आधिकारिक लोगो समेत सार्बजनिक गरिएको थियो। समारोहमा  प्रोफेस्नल  ब्लगर एसोसेयेसन का अध्यक्ष ःच ःबतत न्ष्दकयल को समेत उपस्थिति थियो। नेपाल पर्यटन बोड का कार्यकारी अधिकृत दिपकराज जोशीले भूकम्पले छेतीग्रस्त यस पर्यटन उधोग लाइ प्रबर्दन तथा सम्बर्दन गर्नका लागि अत्यन्तै महत्तोपुर्ण अवशर रहने बताएका छन्। व्यवस्थित रुपमा पर्यटन उद्योगलाई उकास्नका लागि गर्न लागेको येस मार्ट मा नेपाल , भारत, भुटान, बंगलादेश, म्यानमार, थाइलेडं,का पर्यटन ब्यबसायिहरु ले  अमेरिका , युरोप ,अस्ट्रेलिया , रसिया न्यु जिल्यान्ड का ब्यबसायिहरु लाइ आफ्ना प्याकेजहरु बिक्रि गर्न सक्नेछन। उक्त्त ट्रा भल मार्ट मा विभिन्न मुलुक बाट आउने टुर अपरेटर, ट्राभल ब्लगर, संचारकर्मी र अन्तरास्ट्रिय संघ सस्था का प्रतिनिधिहरु गरि करीब  २ सय भन्दा बढी ले सहभागिता जनाउने अनुमान गरिएको छ। हिमलियन मार्ट २०१७ शुरु हुनु अगावै पाटा नेपालले अन्तरास्ट्रिय ब्लोगर्स मिडिया कनफेरेन्स आयोजना गर्दै छ. २०१७ मे २२ देखि जून १ सम्म हुने उक्त्त कनफेरेन्स मा नेपालका संभाबित गन्तव्य हरु , नेपालको सुन्दरता को  बारे जानकारी दिने उदेस्य रहेको पाटा नेपाल का अध्य्च्य सुमन पाण्डे ले जानकारी दिनुभयो र उक्त्त   हिमालयन मार्ट २०१७ लाइ  सफलता  पूर्वक  आयोजना  गर्न संसकृति  पर्यतन तथा नागरिक उद्देयन मन्त्रालयका सचिब को अद्च्यतमा नेपाल पर्यटन  बोर्ड , पर्यटन  उध्योग क्षेत्र तथा बिभिन्न सरोकारवाला संघसस्था का प्रतिनिधि सम्मिलित मुल आयोजक समिती गठन गरिनेछ र उक्त समितिको महा सचिब  पाटा नेपाल हुनेछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: