हाम्रो आन्दोलनले बाबुराम सरकार पक्का गिर्नेछ

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

-महेश बस्नेत
दिनभरीको बन्द र चक्काजाम जनताले मन नपराएको कारणले बिहान बिहान चक्काजाम आह्वान गरिएको हो । बिहानको समयमा चहलपहल पनि कम हुने र मोबिलिटी पनि त्यति साह्रो नभएको कारणले बिहान ४ घन्टा बन्द गर्दै आएका छौं । आइतबार र सोमबार उपत्यकामा चक्काजाम ग¥यौं । यसैगरी मंगलबार र बुधबार देशभर यही समयमा चक्काजाम हुनेछ । जनतालाई दुःख नदिने, सरकारलाई दबाब दिने उद्देश्यले बिहानको चक्काजाम गरिएको हो ।
बन्दले स्वभाविक रुपमा मान्छेले दुःख त पाउँछन् नै । तर दिनभरी भन्दा बिहान एकछिन गरिने बन्दले तुलानात्मक रुपमा असर कम हुन्छ । चारघण्टे बन्दबाट जनताले कम मात्रै दुःख पाए भन्ने हाम्रो बुझाई हो ।
दुई दिनको बन्दबाट हामीले के थाहा पायौं भने सरकारको विरुद्ध व्यापक जनमत छ । सडकमा त्यो जनमत प्रकट हुँदैछ । अझ पनि तपाईंले आलटाल गर्नुभयो भने त्यो सडकको जनमतले तपाईंलाई उडाएर लैजान्छ भन्ने कुरा चाहिं प्रधानमन्त्रीलाई देखाएको छ । दुई दिनअघिको र त्यसपछिको अवस्थामा के फरक भयो भन्ने कुरा त बाहिरबाट एकैचोटि देख्न सकिँदैन । पानी रनक्क रन्केको थाहा हुँदैन, उम्लेपछि मात्र थाहा हुन्छ । १०० डिग्री सेल्सियसमा पानी उम्लन्छ । त्यसपछि वाफ बनेर उडेपछि मात्र थाहा हुन्छ । चिसो पानी र रनक्क रन्केको पानी हेर्दा उस्तै देखिन्छ । औंला चोबेपछि मात्र थाहा हुन्छ । मलाई लाग्छ, सरकारले औंला चोबेको छ । उसलाई तातेको थाहा छ । अब बाफ बनेर उसलाई उडाइदिन्छ ।
चार दिन बन्द सकिएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार छोड्नुहुन्छ । छोड्नुभएन भने इतिहासले उहाँलाई एउटा खलनायकको रुपमा चिनाउनेछ । त्यसपछि उहाँ वर्तमान र भविष्यका नेता हुनुुहुनेछैन ।
बन्द अघि पनि हामीले धेरै नै दवावमूलक कार्यक्रम ग¥यौं । अरु रचानात्मक खालका बिरोध कार्यक्रमको आयोजना ग¥यौं । तर यसले सरकारको कानमा बतास नलागेपछि हामीले बन्दको सहारा लिनु परेको हो । मुलुकलाई राजनीतिक निकास दिन यो सरकारको बहिर्गमन मात्र एउटै विकल्प हो भन्नका लागि पनि हामीले बन्द मार्फत सरकारको राजीनामा गराउन लागेका हौं ।
अब हामी एक्लै सडकमा छैनौं । पहिले युवासंघ एक्लै थियो । त्यसपछि ९ वटा युवासंघको समर्थन आयो । सोमबार मात्र १९ युवा विद्यार्थी संगठन एक ठाउँमा आइपुगेका छौं । यसबाट अब सरकार विरुद्ध युवा विद्यार्थीको ठूलो समूह सडकमा आउँदैछ । अरु पार्टीहरु पनि आउँदैछन् । पहिले पार्टीले घोषणा गरेको आन्दोलनमा युवा विद्यार्थी सहभागी हुन्थे । यसपाली हाम्रो आन्दोलनमा पार्टी आउने हो कि भन्ने देखिएको छ । यसबाट नि थाहा हुन्छ यो आन्दोलन एउटा नयाँ ढंगको आन्दोलनको रुपमा अघि बढ्दैछ । भट्टराईले जतिसक्दो छिटो राजीनामा दिनुभयो भने जनताले पनि दुःख पाउँदैनन् र उहाँको बाँकी रहेको अलिअलि हाइट पनि कायम रहन्छ । नत्र दिनप्रतिदिन उहाँ खस्कँदै जानुभएको छ । कुन दिन खसेर सकिनुहुन्छ ।
(युवा संघ नेपालका अध्यक्ष बस्नेतसँगको कुराकानीमा आधारित)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: